तुलसीपुर,बैशाख २६ । नेपाल प्रेस युनियन रोल्पाको अध्यक्षमा पुनः लोकेन्द्र चन्द निर्वाचित भएका छन ।
मंगलवार सम्पन्न जिल्लाको पाचौँ अधिबेशनबाट अध्यक्षमा चन्द निर्विरोध निर्वाचित भएका हुन ।
समितिको उाध्यक्षमा नरेश आचार्य,समावेशी उपाध्यक्षमा हिमाली खड्का,सचिवमा उमा बस्नेत,सहसचिवमा हिमा खड्का कोषाध्यक्षमा संदिप डाँगीलाई चयन गरिएको छ ।
त्यस्तै समितिको सदस्यहरुमा रामचन्द्र आचार्य,कमल खड्का तुलसीप्रसाद पुन,सुशिला केसी,स्मरण पुन,सूर्यप्रकाश बुढा मगर,भरत विश्वकर्मालाई चयन गरिएको छ ।
प्रकाशित मिति : २०८० बैशाख २६ गते मङ्गलवार