२०८३ असोज ७ गते बुधवार

स्कुल बसले अटोलाई ठक्कर दिदा तीन जना घाइते

दाङ,बैशाख २६ । लमही नगरपालिका –४ चैलाही स्थित स्कुल बस र अटो एक आपसमा ठोकिदा तीन जना घाइते भएका छन ।

घाइते हुनेमा गढवा गाउँपालिका– ६ गढवा बजार निवासी ७२ वर्षिय नेपाली काङ्ग्रेसका जिल्ला सदस्य तथा वन बाताबरण संरक्षण समन्वय समिति गढवाका पुर्व अध्यक्ष उमाकान्त पन्त रहेका छन ।

त्यस्तै गढवा गाउँपालिका –६ मधपुर निवासी वर्ष ४० कि रवि विश्वकर्मा, सोही ठाउँ निवासी ७२ वर्षिया जुठी वली पनि घाइते भएका छन ।

विश्वकर्माको अवस्था सामान्य छ भने वली र पन्तको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ । घाइते तीनै जना अटोमा लमही तर्फ जाँदै थिए ।

आज बिहान ९ः३० बजेको समयमा गढवाबाट लमही तर्फ आउँदै गरेको रा १ ह २१५४ नम्बरको अटोलाई सोही दिशाबाट लमही तर्फ आउँदै गरेको प्रिन्स बोर्डिङ स्कुलको बा १ क ९०१० नम्बरको बसले ठक्कर दिंदा अटोमा सवार यात्रु सामान्य घाइते भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

घाइतेलाई उपचारका लागि लमही अस्पताल लगिएको छ भने ठक्कर दिने बस र चालकलाई लमही ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

बसलाई अटोले ओभरटेक गर्न खोज्दा बसले ठक्कर दिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८० बैशाख २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *