२०८३ असोज ५ गते सोमवार

तुलसीपुरमा मनाइयो बुद्ध जयन्ती

तुलसीपुर वैशाख २२ । २५६७ औ बुद्ध जयन्ती एक कार्यक्रमको आयोजना गरेर तुलसीपुरमा मनाइएको छ ।

नेपाल मगर बौद्घ समाज दाङको आयोजना तथा नेपाल मगर संघ तुलसीपुर नगर कमिटीको सहआयोजनामा मनाइएको हो ।

नेपाल मगर बौद्घ समाज दाङका अध्यक्ष मनी बुढामगरको अध्यक्षता एवम तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख टीकाराम खड्काले विद्यालयस्तरमै बौद्घ संस्कृति संस्कारका विषयमा पठ्नपाठनका लागि पाठ्यक्रममै समावेश गर्नका लागि पालिका सरकार तयार रहेको बताए । उनले समाजमा बढ्दो हिंसा,अशान्ति रोक्नका लागि बौद्घ शिक्षा अनिवार्य रहेको बताए ।

नगरप्रमुख खड्काले बौद्घ गुम्बाहरुको संरक्षण,प्रचारप्रसारका लागि पालिका सदैव तत्पर रहेको बताए ।

कार्यक्रममा चेम्बर अफ कमर्श तुलसीपुरका अध्यक्ष टोपबहादुर घर्ती, बौद्घ गुरु(वापा) दीपक शाक्य, राजबहादुर घर्ती,मगर संघका वरिष्ठ उपाध्यक्ष मुक्त बुढामगर,नेपाल महिला मगर संघका उपाध्यक्ष कमला थापामगरलगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

बुद्घ धर्म र जयन्तीका बारेमा बौद्घ गुरु(वापा) बलभद्र कुसारी मगरले जानकारी गराएका थिए ।

बौद्घ सेवा समाजका उपाध्यक्ष दानबहादुर पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव टीकाराम पुनमगरले गरेका थिए ।

बुद्ध जयन्तीकै अवसर पारेर तुलसीपुर ७ शान्तिपार्क,घोराही चौपट्टामा झण्डा समेत राखिएको थियो ।

प्रकाशित मिति : २०८० बैशाख २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *