२०८३ बैशाख १२ गते शनिवार

परिवर्तन गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न


सुर्य प्रकाश बुढामगर, रोल्पा,बैशाख २१ । “स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका खेलकुद”भन्ने मुलनाराका साथ परिवर्तन गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० सम्पन्न भएको छ।

परिवर्तन गाउँपालिकाको समन्वय तथा परिवर्तन गाउँपालिका खेलकुद विकास समिति,रोल्पाको आयोजनामा मिति २०८० साल बैशाख १५ गतेदेखि २० गतेसम्म आयोजना गरिएको खेलकुद प्रतियोगिताको बुधबार सम्पन्न भएको हो।

खेलकुद प्रतियोगिता सहिद स्मृति रंगशाला परिवर्तन गाउँपालिका-५ राङ्कोट्को धामाचौर,रोल्पामा १५ गतेदेखि आयोजना गरिएको थियो।परिवर्तन गाउँपालिका भित्र बाट छनोट भएका ६ ओटै वडाका खेलाडीहरुको सहभागिता रहेको थियो।

परिवर्तन गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगीतामा जम्मा ५७ ओटा गोल मेडल समेटिएको थियो।

जसमा परिवर्तन गाउँपालिका-२ राङ्सी रोल्पाले २४ स्वर्ण,१४ रजत र ९ कास्य गरि जम्मा ४७ प्राप्त गर्दै प्रथम भएको छ भने बिजेता पुरस्कार नगद १ लाख समेत प्राप्त गरेको छ।

परिवर्तन गाउँपालिका-१ कुरेली रोल्पाले १० स्वर्ण,१० रजत र १५ कास्य गरि जम्मा ३५ प्राप्त गर्दै दोस्रो भएको छ भने उप-बिजेता पुरस्कार नगद ५० हजार समेत प्राप्त गरेको छ।

परिवर्तन गाउँपालिका-४ पाछाबाङ रोल्पाले ४ स्वर्ण,१७ रजत र ६ कास्य गरि जम्मा २७ प्राप्त गर्दै तेस्रो भएको छ।परिवर्तन गाउँपालिका-५ राङ्कोट रोल्पाले ९ स्वर्ण,५ रजत र ६ कास्य गरि जम्मा २० प्राप्त गर्दै चौथो भएको छ।

परिवर्तन गाउँपालिका-३ इरिबाङ थुनिकोट रोल्पाले ४ स्वर्ण,७ रजत र ५ कास्य गरि जम्मा १६ प्राप्त गर्दै पाँचौं भएको छ।परिवर्तन गाउँपालिका-६ इरिबाङ रोल्पाले १ स्वर्ण,१ रजत र ५ कास्य गरि जम्मा ७ प्राप्त गर्दै छैठौं भएको छ।

परिवर्तन गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिताको पुरुष भलिबलको फाइनल गेममा परिवर्तन गाउँपालिका-५ राङ्कोट सँग विवाद भएको भन्दै परिवर्तन गाउँपालिका-१ कुरेलीले आफ्नो कुनै पनि पुरस्कार लिएको छैन।

परिवर्तन गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष विक्रम बाँठा मगरको अध्यक्षतामा भएको समाप्न कार्यक्रममा परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरको प्रमुख आतिथ्यता रहेको थियोे भने परिवर्तन गाउँपालिकाका प्रवक्ता हरिप्रसाद बुढा मगर र परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम जि.एम लगायतको आतिथ्यता रहेको थियो।

गाउँपालिकाका अध्यक्ष बुढा मगरले गोल मेडल वितरण गर्नुभयो र गाउँपालिकाका प्रवक्ता बुढा मगरले अबिर ल्याप्न गरेका थिए भने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जि.एमले प्रमाणपत्र वितरण गरेका थिए ।

समापन कार्यक्रमको सञ्चालन परिवर्तन गाउँपालिका खेलकुद विकास समितिका सदस्य श्याम कुमार शाहीले गरेका थिए ।

प्रकाशित मिति : २०८० बैशाख २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *