२०८३ भाद्र २७ गते शनिवार

राप्ती राजमार्ग अन्तरगत–बाङ्गेलाकुरीदेखि पेदीखोलाको स्तरउन्नतिको काम गर्न दैनिक १० घन्टा बाटो बन्द


दाङ, बैशाख २० । राप्ती राजमार्गअन्तर्गत सल्यानको बाङ्गेलाखुरीदेखि पेदीखोला सडक खण्ड दैनिक दश घण्टा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय सल्यानले बैशाख १४ गते नै यस सम्बन्धि सूचना प्रकाशित गरि बुधबारदेखि दैनिक दश घण्टा सडक बन्द हुने जानकारी दिएको थियो । आजदेखि आठ दिन अर्थात वैशाख २० देखि २७ गतेसम्म उक्त सडक खण्ड बन्द गरिएको छ ।


प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले हरेकदिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र राति ८ बजेदेखि बिहान २ बजेसम्म सडक पूर्ण रुपमा बन्द गरि मर्मतको काम गर्नु पर्ने भएको हुँदा सडक खण्ड बन्द गर्नु परेको जानकारी दिएका छन् ।

तीन किलोमिटर क्षेत्रमा पर्ने ओरालो सडक खण्डमा कटिङ, ग्याबिन पर्खाल लगाउनुपर्ने भएकाले सवारी साधन सञ्चालनमा आउँदा दुर्घटनाको जोखिम हुने भएकाले सडक डिभिजन कार्यालय दाङको आग्रह तथा समन्वयमा सूचना प्रकाशन गरेर सडक पूर्ण रुपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी खरेलले जानकारी दिए ।

राप्ती राजमार्गअन्तर्गत बाङ्गेलाखुरी–पेदीखोला सडकको स्तरोन्नति गर्ने अवधि यहि असारसम्म मात्र रहेको र गाडी नियमित चल्दा कामले गति लिन नसकेकै कारण सडक १० घण्टा बन्द गर्नु परेको प्रजिअ खरेलले बताए । बैशाख १२ गते सडक डिभिजन कार्यालय दाङले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरि राप्ती राजमार्ग अन्तरगत सल्यानको शितलपाटी–चौखावाङ सडक खण्ड अन्तरगत बाङ्गेलाखुरी– पेदीखोला सडक खण्ड स्तरउन्नती गर्नु आवश्यक रहेको भन्दै सडक बन्द गर्नु पर्ने अवस्था देखिएको आग्रह गरेको थियो ।


त्यसैको आधारमा सडक खण्ड स्तरउन्ती गर्नका लागि दैनिक दश घन्टा सडक खण्ड बन्द गर्नु परेको प्रजिअ खरेलले जानकारी दिएका छन् । प्रजिअ खरेलले अत्यावश्यक र हलुका सवारी साधनले बैकल्पिक मार्ग पेदीखोलादेखि खरिबोट प्रयोग गर्नपनि आग्रह गरेका छन् ।


सडक डिभिजन कार्यालय दाङका प्रमुख गुरूप्रसाद अधिकारीले राप्ती राजमार्गको सल्यान खण्डमा सडक स्तरोन्नतिका लागि १८ वडा ठेक्का परेकोमा अहिले अधिकांशमा काम भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : २०८० बैशाख २० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *