२०८३ असार ३० गते मङ्गलवार

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

काठमाण्डौ,बैशाख २० । “भविष्यको अधिकार सुनिश्चितता स् मानव अधिकारको संवाहक अभिव्यक्ति स्वतन्त्रता” भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ ।

नागरिकले आफूलाई अभिव्यक्त गर्न सक्यो भने मात्र उसले सबै प्रकारका मानव अधिकारको प्रयोग गर्न सक्नेछ भन्ने भावका साथ यो नारा तय गरिएको हो ।

अधिकारको प्रयोगको दिशामा एउटा फड्को नै मार्ने गरी सञ्चार क्षेत्रले आफूलाई अझ क्रियाशील बनाउनका लागि काम गर्न युनेस्कोले अपिल समेत गरेको छ ।

युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो ।

त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो । राष्ट्रसङ्घको यो निर्णयसँगै आजको दिनलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरले महत्वपूर्ण दिनका रूपमा लिन्छन् ।

आज संसारभर प्रेस स्वतन्त्रताको महत्वका बारेमा चर्चा गरिँदैछ । दिवसका अवसरमा नेपाल पत्रकार महासंघले अहिले बिहान साढे ७ बजेदेखि प्रभातफेरी गर्दैछ ।

प्रकाशित मिति : २०८० बैशाख २० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *