२०८३ असोज ५ गते सोमवार

कालीमाटीमा सुरु भयो अनलाइन

सल्यान, बैशाख १९ । सल्यानको कालीमाटी गाउँपालिकाले पहिलो पटक अनराइन सेवा सुरु गरेको छ ।

राजस्व संकलनका लागि अनलाइन सेवा सुरु भएपछि कार्यालयमा हुने भिडभाड कम हुने अपेक्षा गरिएको छ । यो संगै अब सर्वसाधारणले घरबाटै राजश्व बुझाउन सक्ने छन् ।

महालेखा परीक्षकको कार्यालयले सञ्चालन गरेको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) अनुसार राजस्व मोडल गाउँपालिकाले लागु गरेको गाउँपालिका अध्यक्ष दानबहादुर केसीले जानकारी दिए ।

सेवा संचालनमा आउनु भन्दा पहिले सातवटै वडाका वडा सचिव, वडाका प्राविधिक, आन्तरिक लेखा परीक्षक शाखामा कार्यरत कर्मचारीलाई तालिम प्रदान गरिएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्यालले अनलाइन राजस्व सुरु भएसंगै सुशासनमा टेवा पुग्ने आशा ब्यक्त गरे ।

अनलाइन भुक्तानीबाट करदाताको डाटाबेस तयार हुने र आउँदा वर्षहरुका लागि राजस्व अनुमानलाई वास्तविक बनाउने गाउँपालिकाका लेखा प्रमुख यकराल रानाले बताए ।

भूमी कर, मालपोत कर, घर बहाल कर, व्यवसाय कर, सिफारिस दस्तुर, प्रशासकीक दस्तुर लगायत स्थानीय तहले उठाउने सबै किसिमको राजस्व विद्युतिय माध्यमबाट नै संकलन गर्न थालिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २०८० बैशाख १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *