२०८२ चैत्र २ गते सोमवार

सन्दीप लामिछाने बने एसीसी प्रिमियर कपको प्लेयर अफ दि टुर्नामेन्ट

काठमाडौं, वैशाख १९ । एसीसी प्रिमियर कपमा नेपालका सन्दीप लामिछाने प्लेयर अफ दि टुर्नामेन्ट बनेका छन् ।

सोमबार भएको फाइनलमा घरेलु टोली नेपालले यूएईलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । यससँगै नेपालले एसिया कपमा स्थान बनायो ।

प्रतियोगिताको कुल ५ खेलमा १३ विकेट लिएका सन्दीपले समूह चरणको अन्तिम खेलमा कतारविरुद्ध सर्वाधिक ४२ रन समेत बनाएका थिए ।

प्रकाशित मिति : २०८० बैशाख १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *