२०८१ बैशाख ८ गते शनिवार

युद्धस्तरमा बेलझुण्डी रंगशाला निर्माण गरिदै (भिडियो सहित)

दाङ, चैत २२ ।
दाङको बेलझुण्डी स्थित रंगशाला निर्माणकाको काम युद्ध स्तरमा भइरहेको छ । ८ औं राष्ट्रिय खेलखुद प्रतियोगिता अन्तरगत निजक आउँदै गर्दा निर्माणको काम युद्धस्तरमा भइरहेको सरोकारवालाहरुले जानकारी दिएका छन् । दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीले चैत ३० गते भित्र रंगशाला तयार पारेर बुझाउने सहमति अनुरुप काम भइरहेको जानकारी दिए । तर यसअघि चैतको पहिलो हप्ता भित्रै निर्माण पुरा हुने बताइएको थियो । अझैं निर्माणको काम भने चलिरहेको हुँदा कामको निकै चटारो रहेको निर्माणको जिम्मा लिएको कम्पनीका एक इञ्जिनियरले बताए ।

बेलझुण्डी रंगशाला काठमान्डौंको दशरथ रंगशाला पछि सन्थेलेटिस प्रविधिबाट ट्राक निर्माण भइरहेको यो नै मोफसलको पहिलो रंगशाला हो । तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ मा पर्ने यो रंगशालामा एथलेटिक ट्रयाक निर्माण गर्न चीनवाट प्राविधिक ल्याइएको छ । यसमा राष्ट्रिय प्रतियोगिता अन्तरगत एथलेटिक्स र महिला फूटवल प्रतियोगिता हुनेछन ।

त्यसैगरी तुलसीपुरमा कराँटे पनि प्रतियोगिता हुने भएको छ । राष्ट्रिय प्रतियोगिता अन्तरगत दाङका विभिन्न सहरमा गरि ८ वटा प्रतियोगिताहरु हुने भएका छन् । घोराहीमा टेबुलटेनिस, बास्केट बल, व्याटमेन्टन र लमहीस्थित क्रिकेट मैदानमा महिला क्रिकेट प्रतियोगिता हुने भएको छ । तुलसीपुर ६ गाइडहरमा निर्माणाधिन टेवुल टेनिसको कवर्डहल तयार भइनसकेको हुँदा यहाँ हुने भनिएको टेबुल टेनिस प्रतियोगिता घोराहीमा सारिएको जानकारी दिइएको छ ।

तुलसीपुर ६ गाइडहरमा निर्माणाधिन टेवुल टेनिसको कवर्डहल ।  तस्बिर : राजेश खत्री

चैत २७ गतेदेखिनै टिम गेमहरु सुरु हुने दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डाँगीले जानकारी दिए । दाङमा चैत २६ गतेदेखि नै सम्वन्धित खेलका खेलाडीहरु आउन हुँदा त्यही अनुरुप व्यवस्थापन गरिएको अध्यक्ष डाँगीले बताए ।

८ औं राष्ट्रिय प्रतियोगिता २०७५÷०७६ का लागि ७ प्रदेश बाट एक÷एक टिम, तीन वटा विभागिय टिम र एउटा एनरारएनको टिम गरि कुल ११ वटा टिमका बीचमा उपाधिका लागि भिडन्त हुने छ ।

प्रदेश ५ का विभिन्न जिल्लाहरुमा ३५ वटा खेलकूद प्रतियोगिता हुने जानकारी दिइएको छ । अधिकाँस खेलहरु वैशाख ४ देखि ५ गतेदेखि तुलसीपुर,घोराही र लमहीमा सुरु हुने अध्यक्ष डाँगीले जानकारी दिए । बैशाख ५ गते नेपालगञ्जमा राष्ट्रपतिले प्रतियोगिताको उद्घाटन गर्ने कार्यतालिका तय भएको छ । प्रतियोगिताको बैशाख ११ गते समापन हुने जानकारी दिइएको छ ।

तस्बिरहरु : राजेश खत्री/फरककोण 

हेर्नुहोस भिडियो 

प्रकाशित मिति : २०७५ चैत्र २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *