नेपालगञ्ज ,बैशाख १९ । भारतको सीमावर्ती दुई जिल्लामा हुन थालेको स्थानीय निर्वाचनले गर्दा ४८ घण्टा नेपालगञ्ज नाका बन्द हुने भएको छ।
उत्तर प्रदेशको श्रावस्ती र बहराइच जिल्लामा २१ गते हुन थालेको नगर निकाय निर्वाचनले गर्दा आज १९ गते सांझ ६ बजेदेखि २१ गते साँझ ६ बजेसम्म नेपालगञ्ज नाका सील हुने बांकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले जानकारी दिए।
सहायक प्रजिअ केसीका अनुसार, हरियो तरकारी, माछा, दूध, पेट्रोलियम पदार्थ, एम्बुलेन्स, शव बाहानबाहेक अन्य आवतजावत बन्द गरिएको छ।
चुनावको बेलामा अपराधिक गतिविधि हुन सक्ने भन्दै सीमावर्ती जिल्लाका अधिकारीले नेपाल र भारतमा चुनाव हुँदा नाका बन्द गर्ने गरेका छन्।
प्रकाशित मिति : २०८० बैशाख १९ गते मङ्गलवार
