२०८२ चैत्र २ गते सोमवार

लुम्बिनी सरकारको पहिलो निर्णय – दुई लाख रोजगारी सृजना गर्ने

मुख्यमन्त्री चौधरीले १८ गते विश्वासको मत लिने


तुलसीपुर , बैशाख १६ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादर चौधरीले बैशाख १८ गते विश्वासको मत लिने भएका छन् ।


उनी बैशाख १४ गते मात्रै मुख्यमन्त्रीमा नियुक्त भएका थिए । सपथ बैशाख १५ गते लिएका थिए ।
चौधरी मुख्यमन्त्रीको सपथ लिएकै दिन शुक्रवार बेलुका बसेको पहिलो मन्त्री परिषद बैठकले बैशाख १८ गते बिहान ११ बजेपछि विश्वासको मत लिने निर्णय गरेको हो ।


विनाविभागिय मन्त्री सन्तोषकुमार पाण्डेयले मन्त्री परिषदको पहिलो बैठकले विश्वासको मत लिने निर्णय गरेको जानकारी दिए ।

त्यस्तै बैठकले स्थानीय उत्पादनको प्रवद्र्धज गर्दे त्यसको वजारीकरण गर्ने निर्णय गरेको छ । त्यसका लागि प्रदेशमा उपलब्ध विभिन्न बस्तुको उपयोग गर्ने निर्णय गरेको छ । बैठकले कार्यकाल अवधिमा दुई लाख रोजगारी सिर्जना गर्ने निर्णयपनि गरेको छ ।

पर्यटन क्षेत्रलाई प्रमुख केन्द्रमा राखेर पर्यटकीय प्रदेश निर्माण गर्न संभावनाहरु उजागर गर्दै हदै सम्मको प्रयास गर्ने निर्णय पनि गरेको छ ।


प्रदेश सरकार गाउँ–गाउँ र घर–घरमा छ भन्ने अनुभूति दिलाउने गरि काम गर्ने निर्णय भएकोे मन्त्री पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : २०८० बैशाख १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *