२०८३ भाद्र २७ गते शनिवार

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष चौलागाईंलाई मातृशोक


दाङ,बैशाख १५ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईंलाई मातृशोक परेको छ ।

रेडियो बागेश्वरी एफएमका स्टेशन म्यानेजर समेत रहेका चौलागाईंकी ममतामयी आमा बिनशोवा चौलागाईंको ८१ वर्षको उमेरमा असमायिक निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार उनी मस्तिष्क घात भएर भेरी अस्पतालमा बिगत ६ दिनदेखि उपचाररत थिइन् । उपचारको क्रममा बिहिवार राति १०:५० बजेतिर उनको असमायिक निधन भएको बताइएको छ ।

बर्दियाको राजापुरमा शुक्रबार हिन्दू धार्मिक विधिपुर्वक अन्त्येष्टी गरिने छ । बर्दियाको राजापुर वडा नम्बर ८ ओस्ताजपुर निवासी मृतक चौलागाईंका ४ छोरी र २ छोरा छन ।

प्रकाशित मिति : २०८० बैशाख १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *