२०८३ भाद्र ३० गते मङ्गलवार

दाङ जिल्ला निर्माण ब्यबसायी संघको उपाध्यक्षमा कृष्णबहादुर खड्का निर्विरोध निर्वाचित

तुलसीपुर, बैशाख १४ । दाङ जिल्ला निर्माण ब्यबसायी संघको उपाध्यक्षमा तुलसीपुरका कृष्णबहादुर खड्का निर्विरोध रुपमा निर्वाचित भएका छन् ।


तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ रक्षाचौर निवासी खड्काको पदमा कसैको पनि उम्मेदवार नपरेपछि निर्वाचन समितिले खड्कालाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।

त्यस्तै तुलसीपुरकै सुदर्शन श्रेष्ठपनि संघको जिल्ला कोषाध्यक्षमा निर्विरोध निर्वाचित घोषित गरिएका छन् । उनको बिरुद्धमा कसैको उम्मेदवारी नपरेको हुँदा उनीपनि निर्विरोध निर्वाचित भएका हुन ।


जिल्ला निर्माण ब्यबसायी संघको १०औं महाधिबेशन अन्तरगत अन्य पदहरुमा भने मतदान हुने भएको छ । दिउँसो १ बजेदेखि घोराहीमा मतदान हुन थालेको छ ।

जिल्ला नेतृत्व लगाएत अन्य पदका पदाधिकारी तथा सदस्य चुन्न झन्डै डेढसय बढी निर्माण ब्यबसायीले मतदान गर्ने छन् ।

प्रकाशित मिति : २०८० बैशाख १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *