काठमाण्डाै ,बैशाख १३ । राष्ट्रिय सभाले संसदीय सुनुवाइ समितिमा सदस्यहरूको मनोनयन गरेको छ ।
राष्ट्रिय सभाको आज बुधवार बसेको बैठकले संसदीय सुनुवाइ समितिमा तीन जना राष्ट्रिय सभा सदस्यलाई मनोनयन गरेको हो ।
समितिमा राष्ट्रिय सभा सदस्यहरू जगप्रसाद शर्मा, देवेन्द्र दाहाल र रमेशजंग रायमाझी रहेका छन ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय सुनुवाइ समितिमा यी तीन जना सदस्यलाई मनोनयन गरेको जानकारी बैठकमा गराउनुभएको थियो भने बैठकले सर्वसम्मतरूपमा सहमति जनाएको थियो ।
प्रकाशित मिति : २०८० बैशाख १३ गते बुधवार