२०८३ बैशाख १२ गते शनिवार

नेपालमा थप १३६ जनामा कोरोना पुष्टि

काठमाडौँ ,बैशाख १२ । नेपालमा पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार २७ पुगेको छ।

मंगलबार ६४ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३९० जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टामा देशभर १ हजार १९ पीसीआर तथा ५७२ एन्टिजेन परीक्षण भएको छ।

प्रकाशित मिति : २०८० बैशाख १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *