२०८३ भाद्र २० गते शनिवार

फ्लाई दुबईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक

काठमाडौँ ,बैशाख १२ । नेपाल नागरिक उड्ययन प्राधिकरणले फ्लाई दुबईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाएको छ।

सोमबार राति फ्लाई दुबईको विमानमा चरा ठोक्किएको भनेर भ्रमपूर्ण समाचार फैलाएको भन्दै उनीहरुको एयरपोर्ट पास निष्क्रिय पारिएको प्राधिकरणले जनाएको छ।

सोमबार राति काठमाडौँबाट दुबईका लागि उडेको फ्लाई दुबईको विमानको इन्जिनमा आगो लागेको समाचारहरु सार्वजनिक भएका थिए।

विमानमा चरा ठोक्किएर आगो लागेको भ्रम फैलाएको भन्दै प्राधिकारणले कारबाही गरेको हो।

प्रकाशित मिति : २०८० बैशाख १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *