काठमाडौँ,बैशाख १० । राष्ट्रिय सभाको बैठक आगामी बुधबार बस्ने भएको छ। हाल रुस भ्रमणमा रहेका अध्यक्ष गणेश तिमिल्सिनाले रुसबाटै १३ वैशाखमा बैठक तय गरेका हुन्।
अध्यक्ष तिमिल्सिना १२ वैशाखमा स्वदेश फर्किँदै छन्। राष्ट्रिय सभाको पछिल्लो बैठक ४ वैशाखमा बसेको थियो।
५ गतेको बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो। ६ गते अध्यक्ष तिमिल्सिना आठ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै रुस गएका थिए।
संसद् सचिवालयका महासचिव भरतराज गौतमले राष्ट्रिय सभा नियमावली नियम ६(१) बमोजिम अध्यक्ष तिमिल्सिनाले बुधबार दिनको १ बजेर १ मिनेटमा बस्ने गरी बैठकको समय निर्धारण गरेको जानकारी दिए।
प्रकाशित मिति : २०८० बैशाख १० गते आइतवार