२०८२ फाल्गुन २१ गते बिहिवार

ग्रेट अरनिकोमा कक्षा १२ का विद्यार्थीलाई बिदाई

तुलसीपुर,बैशाख ९ । ग्रेट अरनिको इङ्लिस सेकेन्डरी स्कुल तुलसीपुरले कक्षा १२ का विद्यार्थीहरुलाई बिदाई गरेको छ ।

विद्यालयले शनिवार तुलसीपुरमा विदाई तथा शुभकामना कार्यक्रमको आयोजना गरि कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई विदाई गरेको हो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर बस्नेतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका सामाजिक विकास समिति संयोजक मानबहादुर रावतको प्रमुख आतिथ्यता एवंम शिक्षा महाशाखा प्रमुख चक्र बहादुर भण्डारीको विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम भएको हो ।

त्यस अवसरमा बोल्ने बक्ताहरुले विदाई भएर जादैं गरेका विद्यार्थीहरुको उज्वल भविष्यको कामना गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश प्रतिनिधि मुक्ती प्रसाद न्यौपाने,शिक्षाविद् मुकुन्द रिजाल,शिक्षक झरेन्द्र खरेल लगाएतले विद्यार्थी समाजका एक नमुना भएको बताउँदै सिकेका सिपलाई स्वदेशमै प्रयोग गर्न आग्रह गरेका थिए ।


विदाई कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्य,गजल गितहरु प्रस्तुत गरेका थिए । त्यस्तै लोकदोहोरी गायीका टिका सानु र गायक मानसिंङ खड्काले विभिन्न गितहरु प्रस्तुत गरेका थिए । उनीहरुका गितमा विद्यार्थीहरु झुमेर नाचेका थिए ।

ग्रेट अरनिको इङ्लिस सेकेन्डरी स्कुलका भ्वाइस प्रिन्सीपल कमल प्रकाश शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका कार्यक्रम संयोजक नारायण भट्राई र इसिए संयोजक मेघराज पोख्रेलले गरेका थिए ।

प्रकाशित मिति : २०८० बैशाख ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *