तुलसीपुर,वैशाख ८ । थर्ड आई नेपालले तुलसीपुरमा रक्तदान कार्यक्रम गरेको छ ।
‘रक्तदान नै जीवनदान हो’ भन्ने मूल नाराका साथ थर्ड आई नेपालले शुक्रवार तुलसीपुर स्थित रेडक्रस ब्लड बैंकमा रक्तदान कार्यक्रम गरेको हो ।
रक्तदान कार्यक्रममा ३० पिन्ट रगत संकलन भएको संस्थाका अध्यक्ष बसन्त गिरीले जानकारी दिए । त्यस अवसरमा ३५ जना बढीले रक्तदान गरेका थिए ।
संस्थाका महासचिव सन्तोष लामिछानेका अनुसार कार्यक्रममा सन्तोष भण्डारीले १७ औं पटक रक्तदान गरेका छन भने अधिकांश रक्तदाताहरुले पहिलो पटक रक्तदान गरेको अनुभव बताएका थिए ।
रक्तदान गर्नेहरुमा पत्रकार,खेलाडी,राजनितिकदल,व्यापारी,विद्यार्थी शिक्षक लगाएत विभिन्न क्षेत्रका व्यक्तीहरु रहेका थिए ।
थर्ड आई नेपालले आगामी दिनमा पनि रक्तदान कार्यक्रमलाई निरन्तरता दिने र यसलाई देशव्यापी बनाउने संस्थाका कोषाध्यक्ष रेशम नेपालीले बताए ।
यो एक गैर नाफामुलक संस्था हो ।
