२०८३ भाद्र ३१ गते बुधवार

शारदाको शब पोष्टमार्टका लागि बाँके पठाइदै

तुलसीपुर, बैशाख ७ । घोराही उपमहानगरपालिका वडा नं. १२ रतनपुरकी ४० बर्षीया शारदा केसीको शब पोष्टमार्टमका लागि नेपालगंजतर्फ पठाइएको छ ।


घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा फरन्सिक बिज्ञ नरहेको हुँदा पोष्टमार्टमाका लागि बिहीबार बाँकेको नेपालगंजतर्फ शब पठाइएको हो ।

बुधबार दिउँसो घर नजिकै गाडेको अवस्थामा शारदाको शब फेला परेको थियो ।


जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजन गौतमले शब केही मात्रामा सडेगलेको अवस्थामा फेला परेको हुँदा शारदाको हत्या बारे उचित कुराहरु बाहिर ल्याउन सहज होस भन्नका लागि शब बाँके पठाउनु परेको जानकारी दिए ।


शारदाका श्रीमान ४१ मेघराज केसी भने फरार छन् । उनले हत्या पछि श्रीमतिको शब गाडेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । आफन्तले बुधार जिल्ला प्रहरी कार्यालय घोराहीमा मेघराज बिरुद्ध किटानी जाहेरी दिइ सकेका छन् ।

प्रकाशित मिति : २०८० बैशाख ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *