तुलसीपुर, बैशाख ७ । बिहीबार दिउँसो तुलसीपुरकी एक १४ बर्षीया किशोरीको खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ ।
गर्मी छल्न भन्दै दिउँसो २ बजेतिर हापुर र संक्राम खोलाको दोभानमा नुहाउने क्रममा तुलसीपुर उपमहानगरपालिका – १७ बनकट्टाकी १४ बर्षीया चेतना रावत डुबेकी थिइन ।
अचेत अवस्थाकी उनलाई उद्धार पछि उपचारका लागि भनेर घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लगिएको थियो । त्यहाँ पु¥याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजन गौतमले जानकारी दिए ।
प्रकाशित मिति : २०८० बैशाख ७ गते बिहिवार