२०८३ असार २९ गते सोमवार

शिक्षकहरुका लागि एक हप्ते आई.सि.टि तालिम सुरु


लक्ष्मण बस्नेत,तुलसीपुर,वैशाख ५ । बिरेन्द्र नमुना माबी हेकुलीमा शिक्षकहरुका लागि एक हप्ते आई.सि.टि तालिम आज देखि सुरु भएको छ ।

बिरेन्द्र नमुना माबी दंगीशरण ३ हेकुली दाङको आयोजनामा संचालित तालिमको दंगीशरण गाउँपालिका शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख बिनोद अधिकारीले उद्घाटन गरेका हुन।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अधिकरीले शिक्षकका लागि बिधालयले आफैंले आफ्नै लागि सिकौं र सिकाउ भन्ने उदेश्य राखेर तालिम संचालन गर्नु सराहनीय कार्य भएको बताए ।

बिधालयले कार्यरत शिक्षकहरुमा कम्प्युटर सम्बन्धी आधारभुत पक्षमा ज्ञान आवश्यक छ भन्ने महशुस गरेर तालिम संचालन गर्नु आफैमा महत्त्वपूर्ण छ यस्तो कार्य सायद दाङ जिल्लामै पहिलो हुनुपर्छ उनले भने।

साथै उनले आगामी हुने यस्ता तालिम तथा प्रशिक्षणमा गाउँपालिकाको पुर्ण सहयोग र सहकार्य रहने बताए ।

तालिममा कम्प्युटर सम्बन्धि आधारभुत कुराहरू कम्प्युटर केहो, माईक्रोसप्ट वर्ड,एक्सल,पावरप्वाईन्ट,वयवसाईट र मोबाईल एपको प्रयोग लगाएतका बारेमा जानकारी दिईने छ ।

तालिमको सहकर्तामा बिधालयका शिक्षक प्रदिप चन्द, सिताराम भण्डारी, लक्ष्मण बस्नेत, सुन्दरम ओलि,भुवन देवकोटा रहेका छन ।

तालिममा बिधालयमा कार्यरत २८ जना शिक्षक शिक्षिकाको सहभागिता रहेको बिधालयका सुचना अधिकारी प्रदिप चन्दले जानकारी दिए ।

तालिमको उद्घाटन समारोह बिधालयका प्रधानाध्यापक खिमराज खनालको अध्यक्षता तथा दङ्गिशरण गाउँपालिका शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख बिनोद अधिकरिको प्रमुख आतिथ्यमा भएको थियो ।

दिनेश कुमार रेग्मीको स्वागत रहेको कार्यक्रममा बिधालयका सहायक प्रधानाध्यापक द्वय लक्ष्मण बस्नेत,राजेन्द्र प्रसाद भट्टराई,मनोज केसि, सिताराम भण्डारी लगाएतले मन्तव्य ब्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०८० बैशाख ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *