२०८१ भाद्र २६ गते बुधवार

बेलझुण्डी रङ्गशाला निर्माणकाे काम अन्तिम चरणमा

कपिल लामिछाने,
दाङ, चैत २० । अाठाैँ राष्ट्रिय खेलकुदकाे लागी ७ वटा खेलहरु दाङमा हुने घाेषणा भएकाे छ । चैत्र २५ गतेबाट हुने भनिएकाे खेल बैशाखकाे ५ गतेबाट हुने सार्बजनिक भए सँगै दाङकाे बेलझुण्डीमा निर्मानाधिन रङ्गशालाकाे कामलाई तिब्र बनाईएकाे छ । बिहान ६ बजेदेखि रातीकाे १२ बजेसम्म काम भईरहेकाे देख्न सकिन्छ । साईडमा वालहरु लगाउने काम र एथेलेटिक्सका लागी ट्राक निर्माणकाे लागी पिच गरिसकिएकाे छ । प्याराफिट बिच्छाउनका लागी प्राबिधिकहरु समेत चिनबाट दाङ अाई काम थालिसकेकाे मुख्य डिजाईनर ईन्जिनियर सुराेज धुजुले जानकारी दिए ।

दाङमा रङ्गशालामा प्रयाेग हुने दुबाेकाे अभाबका कारण अहिले भारतकाे काेलकत्ताबाट दुबाे अर्थात बर्मुन्डा ल्याईएकाे र त्यहीँ बिच्छाउने कामलाई अझै तिब्र बनाईरहेकाे दुबाे राेप्ने ठेक्का पाएकाे गाैतम नर्सरी प्रा.ली.का राजन कार्किले जानकारी दिए । टाढाबाट मङ्गाउनु पर्छ त्यसैले केहि ढिला भएकाे हाे उनले भने । १ स्क्वाएर फिट दुबाेलाई ६५ रुपियाँ पर्न जान्छ हामीले सकेसम्म यहीँ महिनाकाे अन्तिमसम्ममा दुबाे राेप्ने काम सम्पन्न गर्छाैँ । दिवा एम.ए प्रतिष्ठा जेपीले लिएकाे ठेक्काकाे म्याद सकिएपनि म्याद थप गरी तिब्र गतीमा कामलाई अघि बढाईरहेकाे र लगभग ८०% काम सम्पन्न भईसकेकाे ठेकेदार दिपक बरालले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ चैत्र २० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *