२०८३ भाद्र ३० गते मङ्गलवार

समयमा विद्युत् महसुल नतिरेपछि दुई ठूला सिमेन्ट उद्योगको बिजुली काटियो

तुलसीपुर,बैशाख ४ । नपाल विद्युत् प्राधिकरणले दुई ठूला सिमेन्ट उद्योगको बिजुली काटिदिएको छ ।

तोकिएको समयमा विद्युत् महसुल नतिरेपछि प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले दाङस्थित सोना सिमेन्ट उद्योग र रोल्पास्थित रोल्पा सिमेन्ट उद्योगको विद्युत् आपूर्ति बन्द गराइदिएको हो ।

कार्यालय प्रमुख हरि पाण्डेका अनुसार रकम भुक्तानीका लागि बारम्बर ताकेता गर्दा पनि भुक्तानी नगरेपछि लाइन काटिएको हो ।

प्राधिकरणका अनुसार सोना सिमेन्ट प्रालिले मात्रै ७४ करोड ५९ लाख रुपियाँ भुक्तानी गर्नु बाँकी छ । सोमध्ये ३२ करोड ९४ लाख रुपियाँ डेडिकेटेडतर्फको हो भने करिब ४१ करोड ६६ लाख रुपियाँ यसबाहेककै हो ।

त्यस्तैगरी रोल्पा सिमेन्ट उद्योगले आठ करोड ८४ लाख रुपियाँ भुक्तानी गर्न नमानेपछि लाइन काटिएको हो ।

पाण्डेका अनुसार प्रदेश मातहत महसुल उठ्न बाँकी विभिन्न उद्योगमा ताकिता गरेपछि धेरै उद्योगले जरिवानासहित रकम भुक्तान गरेको तर उनीहरूले रकम तिर्न अटेरी गरेपछि बाध्यतावश लाइन काटिएको हो ।

प्रकाशित मिति : २०८० बैशाख ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *