२०८३ भाद्र ३० गते मङ्गलवार

रोल्पामा बितेको दश महिनामा ३४ फरार प्रतिबादी पक्राउ

दाङ, बैशाख ४ । रोल्पा प्रहरीले बितेको दश महिनामा बिभिन्न मुद्दामा दोषी ठहर भएका ३४ फरार प्रतिबादी पक्राउ गरेको छ ।
चालु आर्थिक बर्षको चैत मसान्तसम्म ३४ जना फरार प्रतिबादी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाको सूचना शाखाले जानकारी दिएको छ ।


बिभिन्न अभियोगमा बिभिन्न समयमा दोषी ठहर भइ अदालतले जेल र आर्थिक सजाय तोकिएका ३४ जनालाई पक्राउ पछि तोकिएको सजाय भुक्तान गर्नका लागि कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ ।


३४ जनाबाट ७६ बर्ष ८ महिना ७ दिन कैद सजाय कार्यान्वयनका लागि कारागार चलान गरिएको प्रहरीले बताएको छ ।
त्यस्तै उनीहरुबाट ४ लाख ४९ हजार ६१० रुपैंया जरिवाना अशुलउपर भएको जानकारी दिइएको छ ।


पछिल्लो समय चैत महिनाको अन्तिम साता मात्रै तीन जना फरार प्रतिबादीहरु पक्राउ गरिएका थिए ।
लागु औषध मुद्दामा जिल्ला अदालत रोल्पाले १ बर्ष ६ महिना कैद र ५ हजार जनिवाना तोकिएका थवाङ गाउँपालिका – २ का ५० बर्षीय धनकुमारी झाँक्र्री पक्राउ परेकी छन् ।


रोल्पा अदालतले २०७६ फागुन २९ गते झाँकी बिरुद्ध उक्त सजाय हुने फैसला गरेको थियो । उनलाई गत चैत २७ गते पक्राउ गरि अदालत पेश गरिएको र अदालतको आदेश बमोजिम तोकिएको सजाय भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ ।


चोरी मुद्दामा ०७८ चैत १५ गते ६ महिना २७ दिन कैद सजाय तोकिएका रोल्पा नगरपालिका – ७ का ४० बर्षीय गंगाराम पुनलाई पनि प्रहरीले पक्राउ गरेको छ । चैत २७ गते पक्राउ पछि उनलाई जिल्ला अदालत पेश गरिएको र अदालतको आदेशलाई सजाय भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ ।


त्यस्तै ३० गते जिल्लाको रुन्टीगढी गाउँपालिका – ७ का ३४ बर्षीय दीपक खड्का पक्राउ परेका छन् । उनी रुन्टीगढी – ९ होलेसीस्थित बिद्युत कार्यालय नजिक बाट पक्राउ परेका थिए ।

२०७२ साल चैत ३ गते जिल्ला अदालत दाङले खड्कालाई चोरी मुद्दामा १ बर्ष १५ दिन कैद र ६६ हजार ५ सय जरिवानाको फैसला सुनाएको थियो । त्यसयता उनी फरारको सूचिमा रहँदै आएका थिए । खड्कालाई बैशाख ३ गते जिल्ला अदालत दाङमा पेश गरिएको र अदालतको आदेशले तोकिएको सजाय भुक्तानका लागि कारागार चलान गरिएको छ ।

प्रकाशित मिति : २०८० बैशाख ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *