२०८३ बैशाख ४ गते शुक्रवार

करेन्ट लागेर घाइते भएका खेम श्रीसमगरको मृत्यु

बुटवल ,बैशाख ३ । करेन्ट लागेर घाइते बुटवलका उद्योगी खेम श्रीसमगरको मृत्यु भएको छ ।

एक महिनाअघि नवलपरासीको बर्दघाटमा विद्युतीकरणको काम गर्दा करेन्ट लागेर गम्भीर घाइते भई काठमाडौंमा उपचाररत श्रीसको आइतबार बिहान मृत्यु भएको हो ।

नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय सचिवालय सदस्य एवं महासंघ लुम्बिनी प्रदेश कार्यवाहक अध्यक्ष श्रीस बुटवल औद्योगिक क्षेत्रको बुटवल इलेक्ट्रोनिक्स एण्ड ट्रान्सर्फमर उद्योगका सञ्चालक हुन् ।

५७ वर्षीय श्रेष्ठ उद्योग व्यापार संघ बुटवलका पूर्वअध्यक्ष समेत हुन् । श्रीसको मृत्युले बुटवलको औद्योगिक क्षेत्रलाई ठूलो क्षति पुगेको नेपाल उद्योग व्यापार महासंघका महासचिव खेम पराजुलीले बताए ।

प्रकाशित मिति : २०८० बैशाख ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *