२०८२ चैत्र ३० गते सोमवार

इण्डिया जान घरदेखि भागेका पाँच बच्चा फेला परे

दाङ, बैशाख ३ । छिमेकी देश भारत जान भनेर दुईदेखि घर छोडेर हिडेका रुकुम पश्चिमका पाँच बालकलाई प्रहरीले फेला पारेको छ ।

बैशाख १ गतेदेखि दिउँसोदेखि आठबिसकोट नगरपालिका – २ का १३ बर्षीय कबिराम थापा, सोही ठाउँकै १३ बर्षीय मनोज थापा, १४ बर्षीय अब्रराम बुढा, ७ बर्षीय इशाक थापा र १३ बर्षीय अर्जुन वली हराइ रहेका थिए ।

उनीहरु इण्डिया जान भनेर दुई दिन जंगलमै बास बसेका थिए । यी पाँच बालक आइतबार बिहान साढे ९ बजेतिर फेला परेका छन् ।

जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराइले उनीहरु बैशाख १ गते १ बजेतिर आठबिसकोट – २ स्याला भन्ने ठाउँबाट इण्डिया जान भनेर घरमा कोही नभएको समयमा आपसमा सल्लाह गरि निस्किएका थिए ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय आठबिसकोटबाट खटिएको प्रहरी टोलीले जाजरकोट तर्फ जाँदै गर्दा फेला पारेको डिएसपी भट्टराइले जानकारी दिए ।

घर परिवारका सदस्य र आफन्तहरु सबै नयाँ बर्ष मनाउनका लागि घर बाहिर गएको समयमा पाँच जना बालकले आपसमा सल्लाह गरि इण्डिया जान भनेर घरबाट निस्किएको कुरा खुलेको डिएसपी भट्टराइले जानकारी दिए ।

घरबाट निस्किएपछि पाँच जना बालकहरु १ गते राति स्यालाखीको जंगलमै बास बसेको र दुई गते राति ढुँगाको ओडारमा रात बिताएको कुरा उनीहरुले गरेको प्रहरी अधिकारीले बताएका छन् ।

उनीहरु घरदेखि निस्केपछि झन्डै ८ घन्टा बढी जंगलको बाटो पैदल हिडेको प्रहरीले बताएको छ ।

आइबार बिहान साढे ९ बजेतिर जाजरकोट जिल्ला तर्फ जान लागेको समयमा सादा पोशाकको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरु बेपत्ता भएको बारे प्रहरीले शनिबार दिउँसो ३ बजेमात्रै सूचना पाएको थियो । त्यसपछि उनीहरुको खोजीमा प्रहरी परिचालन गरिएको थियो ।

प्रकाशित मिति : २०८० बैशाख ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *