२०८३ बैशाख १८ गते शुक्रवार

बस दुर्घटना हुँदा दाङमा एकको मृत्यु,तीन घाइते

तुलसीपुर,बैशाख २ । दाङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तीन यात्रु घाइते भएका छन्।

घोराहीबाट बुटवल जाँदै गरेको मिनी बस मसोटको तेस्रो घुम्तीमा ब्रेकफेल भइ पल्टिन लागेको बसबाट हाम फाल्दा बंगलाचुली गाउँपालिका–६ लापे निवासी ३० वर्षीया यमी घर्ती मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिए।

शनिबार दिउँसो पौने १ बजे घोराहीबाट बुटवल जाँदै गरेको ना ४ ख ६९५० नम्बरको मिनी बस घुम्तिमा ठोक्किएको थियो। घाइते घर्तीको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

दुर्घटनामा ज्यान गुमाएकी घर्तीकी ५ वर्षीया छोरी आहाना घर्ती मगर, ऐरावती गाउँपालिका वडा नम्बर २ निवासी सरस्वती आचार्य, लमही नगरपालिका वडा नम्बर ५ निवासी ५ वर्षीय सुरज बस्नेत घाइते भएका छन्। घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति : २०८० बैशाख २ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *