तुलसीपुर,बैशाख २ । नेपाल पत्रकार महासंघ दाङले नयाँ वर्ष २०८० सालको अवसरमा सुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रम गरेको छ । सघंले शनिवार घोराही–१३ स्थित बाह्रकुने दहमा एक कार्यक्रमको आयोजना गरि शुभकामना आदानप्रदान गरेको हो ।
नेपाल पत्रकार महासघं दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल पत्रकार महासघंका केन्द्रिय उपाध्यक्ष उदय जिएमले पत्रकारिता पेसालाई मर्यादित र बलियो बनाउन पत्रकार महासघं केन्द्रिय समितिले सुक्ष्म ढंगले अध्ययन गरि मापदण्ड बनाउने र सोही अनुसार जिल्लाले पनि सदस्यता शुद्धिकरणलाई अगाडी बढाउने बताएका छन ।
उनले पत्रकारितामा देखिएका बिकृति विसंगती,मुल्यहिन्ता,सत्यनिष्ठामा आएको कमीका विषयमा महासघं गम्भिर रहेको बताए । उनले पछिल्लो समय पत्रकारिता क्षेत्रमा घुसपिट भएको तर्क गरे ।
‘अघिल्लो संसदमा राष्ट्रिय सभाबाट पारित भएको मिडिया काउन्सिल विधेयक नयाँ ससंद आइसकेपछि शुन्यमा झरेको छ,त्यसलाई अगाडी बढाउने छौं,‘उनले भने ।’ उनले सञ्चार सम्बन्धी बनेका सबै कानुनलाई सरोकारवालाहरुको सल्लाह–सुझाव अनुसार अघि बढाउने तयारीमा रहेको पनि बताए ।
त्यस्तै उनले पत्रकार महासघंले सञ्चार मन्त्रीसगं छलफल गरि र नितिगत रुपमा काम भैरहेको र अहिलेको परिवेश अनुसारको सञ्चार मैत्री कानुन ल्याउन प्रयासरत रहेको बताए ।
कार्यक्रममा प्रेस काउन्सिलका सदस्य शरद अधिकारीले देशब्यापी रुपमा बढेको आर्थिक मन्दिले आम मिडियाहरु बन्द गर्ने अबस्थामा पुगेको र मूल्य सहितको पत्रकारिता ह्रास हुँदै गइरहेको बताए । ‘जुन मर्म र भावना साथ पत्रकारिता अघि बढ्नुपर्ने हो,त्यो घट्दै गएको छ,उनले भने,‘यस प्रति गम्भीर हुन आबस्यक छ । ’
कार्यक्रममा नेपाल पत्रकार महासघंका पुर्ब अध्यक्ष एब प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम,पुर्ब अध्यक्ष केबि मसाल,सल्लाहकार सुदिप गौतम, निवर्तमान अध्यक्ष एवं सल्लाहकार सबिन प्रियासनले पत्रकारितालाई व्यवस्थित बनाउन महासघंले सदस्यता सुदृढीकरण अभियानलाई सफल पार्नुपर्ने बताए ।
विभिन्न समयमा हुने आर्थिक मन्दिले सञ्चार क्षेत्रलाई धेरै प्रभाब पारेको र यस जटिल अवस्थामा जिल्लाका सञ्चारसंस्थासगैं पत्रकारहरुलाई बलियो बनाउन महासघंले ध्यान दिनुपर्ने उनीहरुले बताए ।
त्यस अवसरमा पत्रकार महासघंका पुर्ब केन्द्रिय सदस्य अजय दिप शर्मा,प्रेस युनियन दाङका कार्यबाहक अध्यक्ष नारायण खडका,प्रेस चौतारी दाङका अध्यक्ष इन्द्र डिसि,प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मा,प्रगतिशील पत्रकार सघ दाङका अध्यक्ष महेश रिजाल लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नेपाल पत्रकार महासघं दाङका उपाध्यक्ष बसुन्धरा गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिब आर.के. शितलले गरेका थिए ।
साथै पत्रकार महासघं दाङले केन्द्रले बनाएको मापदण्ड अनुसार सदस्यता सुद्धीकरण गरि सदस्यता वितरण गर्ने,पत्रकारिताको पुस्तकालय स्थापना गर्ने, महासघको हललाई आइ.टि.हल बनाउने, र महासघं परिसरमा रहेको खाली जमिनमा पार्क स्थापना गर्ने तयारी गरेको अध्यक्ष दुर्गालाल केसीले बताए ।
साथै उनले केही पत्रकारहरुले जिल्लाको पत्रकारितालाई हाउगुजी बनाइरहेको भन्दै आफ्नो पेसा प्रतिको दायित्व र इमान्दारिता बढाउनुपर्ने बताए ।