२०८२ चैत्र ३० गते सोमवार

चलचित्र पत्रकार संघका केन्द्रिय सदस्य न्यौपानेलाई दाङ शाखामा स्वागत

निरला अर्याल,तुलसीपुर,बैशाख १ । चलचित्र पत्रकार संघ नेपालका केन्द्रिय सदस्य ध्रुवराज न्यौपाने (डी आर एन ) लाई चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले स्वागत तथा सम्मान गरेको छ ।

चलचित्र पत्रकार संघ नेपालको केन्द्रीय सदस्यमा मनोनित भए पश्चात न्यौपानेलाई शाखाले शुक्रवार स्वागत् तथा सम्मान गरेको हो।

चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य न्यौपानेले रंग पत्रकारहरुको साझा संगठन चलचित्र पत्रकार संघलाई उचाइमा पुर्याउन अहोरात्र खटिने बताए ।

‘उनले भने,जिल्लामा बिट पत्रकारितालाई स्थापित गराउन आफूले कडा मिहेनत गरेको परिश्रमको फल पाएको छु ।’

उनले संघलाई क्रियाशिल गरी पेसागत विकासमा पेसागत विकाशमा जिल्लासँग साझेदारी गरी अगाडि बढ्ने प्रतिबद्धा व्यक्त गरे ।

२०७३ सालमा दाङ जिल्लाको अध्यक्ष बनेका न्यौपाने हालको सल्लाहकार पनि हुन ।

कार्यक्रममा प्रेस युनियन दाङका कार्यबाहक अध्यक्ष नारायण खड्का,संघका निवर्तमान अध्यक्ष शिव पुनले सफल कार्यकालको शुभकामना दिए।

संघका उपाध्यक्ष पूर्ण केसीले स्वागत् मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव निरला अर्यालले गरेकी थिइन ।

साथै संघले नयाँ वर्ष २०८० सालको शुभकामना आदान प्रदान पनि गरेको थियो ।

प्रकाशित मिति : २०८० बैशाख १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *