तुलसीपुर, बैशाख १ । वर्ष २०७९को समिक्षा गर्दा बितेको बर्ष चुनावी वर्ष रह्यो । नेपालको संविधान अनुरूप झण्डै ३६ हजार जनप्रतिनिधिहरू शान्तिपूर्वक निर्वाचित भएर राष्ट्र निर्माणको जिम्मेवारीमा पुगेका छन । यसले लोकतन्त्रको जग थप मजबुत बनाउन अवश्यक भूमिका खेल्ने छ ।
यो बाहेक दाङको हकमा मात्रै केन्द्रित हुन खोजी रहेका छौं । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको राप्ती गाउँपालिका वडा नं. ३ मुसरियामा बुटवलबाट स्थान्तरण गरिनु ठूलो सफलता मान्न सकिन्छ । संस्थापक मुख्यमन्त्री शंकर पोखरेलको पालामा २०७७ साल असोज २० गते प्रदेश सभाले दाङको राप्ती उपत्यकालाई स्थायी राजधानी घोषणा गरेको थियो। त्यसको दुई वर्ष दुई महिनापछि मंसिर २० गते मुख्यमन्त्री कुलप्रसाद केसीले अस्थायी राजधानी बुटवलबाट कार्यालय स्थान्तरण गरेका थिए।
प्रदेश प्रमुख अमिक शेरचनले एक भब्य समारोहका बीच मंसिर २८ गते बिधिबत रुपमा झण्डोत्तोलन गरी कार्यालयको उद्घाटन गर्नुका साथै स्थायी राजधानीको ताम्रपत्र पनि उद्घाटन गरेका थिए। यतिखेर प्रदेशसभाको नयाँ भवन निर्माण भइ बैठक त्यसैबाट संचालन हुदै आएको छ । मन्त्रीका लागि भवन र क्वाटरहरु निर्माणको काम धमाधम भइरहेका छन् ।
लुम्बिनीको राजधानीलाई नेपालको आधुनिक सहरका रुपमा बिकास गर्न गुरुयोजना तयार गरि काम अगाडि बढ्दै छ । यो पक्कैपनि दाङको बिकासको लागि कोषे ढुँगा साबित हुने आशा गरिएको छ ।
एमाले महासचिव पराजय
मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१९ हाडिमेका स्थायी बासिन्दा तथा नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनमा बेहोरेको पराजयपनि महत्वपूर्ण घटना क्रम थियो । जस्को पालामा दाङलाई स्थायी राजधानी घोषणा भएको थियो ।
नेकपा माओबादी केन्द्रकी रेखा शर्मासंग जम्मा १९० जति मतान्तरले पोखरेल पराजित भएका थिए । पोखरेललाई एमालेका नेताहरुले संभावित देशको नेतृत्वकर्ता र पार्टीको नेतृत्वको कर्ताको रुपमा अथ्र्याउनले गरेका थिए ।
शरद – रोशनी मृत्यु प्रकरण
तुलसीपुर उपमहानगरपालिका – १३ डाँडागाउँकी १५ वर्षीया रोशनी महतरा र दंगीशरण गाउँपालिका वडा नम्बर ६ थपगाउँ घर भई तुलसीपुर १३ दमारगाउँस्थित मामाघर बस्दै आएका १४ वर्षीय शरद आचार्यको मृत्यु प्रकरण बितेको बर्ष एउटा निकै चर्चाको बिषय बन्यो ।
गत असोज २७ गते रातिदेखि बेपत्ता रोशनी र शरदको शव तुलसीपुर– १३ स्थित जनकल्याण सामुदायिक वनमा एकै चिरोमा पुरेको अवस्थामा असोज ३० गते दिउँसो फेला परेको थियो। उनीहरुको मृत्युको कारण जंगली बँदेल मार्न थापेको विद्युतको धरापमा परेर भएको प्रहरीले सार्वजनिक गरि सकेको छ ।
बिद्युतिय धराप थाप्नेहरुले नै उनीहरुको शब लगेर अर्कौ दिन चिरोमा फालेको तथ्य खुली सकेको छ । आरोपितहरुले हाल पूर्पक्षका लागि थुनामा छन् । बबइस्थित सितलपुर घाटमा उनीहरुको सब एकै साथ अन्तेष्टि गरिएको थियो ।
दुई किशोरीको बबईमा डुबेर मृत्यु
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ बेलटाकुरा र दंगीशरण–२ को गोलटाकुरी गाउँको सिमानामा पर्ने सिमलकुनाघाट नजिकै बबई नदीमा नुहाउने क्रममा दुई किशोरीको मृत्युको घटना पनि चर्चित रह्यो ।
दंगीशरण गाउँपालिका – २ की १६ बर्षीया रमा शाह र सल्यानकी १६ बर्षीया गंगा चन्दको बबई नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको थियो । बाख्रा चराउन गएका बखत कात्तिक ५ गते उनीहरु बबइमा नुहाउन पसेका थिए । उनीहरु दुबैको शब कात्तिक ६ गते मात्रै फेला परेका थिए । गंगा तिहारको समयमा साथी रमाको घरमा पाहुना आएकी थिइन ।
बबई नदीमा उनीहरुको शब एकै साथ अन्तेष्टि गरिएको थियो ।
स्यानी चौधरीले एयरपोर्टमा लगाएको ताला
दाङको टरिगाउँ एयरपोर्टबाट विमानमा इन्धन भर्नका लागि ल्याइएको बाउजर फिर्ता लैजान थालेको बिरोधमा तुलसीपुरकी उपमेयर स्यानी चौधरीको नेतृत्वमा गएको उद्योगी व्यावसायी र जनप्रतिनिधिको टोलीले एयरपोर्टमा ताला लगाएको बिषयले पनि उत्तिकै चर्चा पायो ।
एयरपोर्टको बाउजर ट्याङ्कर र इन्धन ट्याङ्की राखेको गेटमा बाहिरबाटै साउन १५ गते उपमेयर चौधरीले आँफै ताला लगाएकी थिइन । त्यतिखेर तुलसीपुर– १२ का वडाध्यक्ष खुसीराम चौधरी, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, महासचिव विनिल केसी लगायतको टोली एयरपोर्टमा पुगेको थियो। त्यो घटना पछि बाउजर यही रोकिएको थियो ।
विसं २०११ सालमा स्थापना भएको टरिगाउँ एयरपोर्टमा पहिलो पटक जेठ महिनामा विमानमा इन्धन भर्न प्रयोग हुने बाउजर दाङ एयरपोर्टमा ल्याइएको थियो।
बाटो खन्दा भेटिएका प्राचित सिक्का
दाङको तुलसीपुरमा बाटो खन्दा प्राचिन सिक्का फेला परेका थिए । काठमाडौं लगिएको छ।
तुलसीपुर उपमहानगरपालिका – ४ मा जेठ ३० गते दिउँसो डोजेरले बाटोको ट्याक खन्नेक्रममा सिक्का फेला परेका थिए ।
फेला परेको सिक्काको विवरणसहित बुझेको पत्र दिएर पुरातत्वका कर्मचारी काठमाडौं लगेका थिए ।
चार दिन अगाडि नयाँ बाटो खन्ने क्रममा जेसिबी अपरेटरले एउटा कसौडीमा केही ‘धन’ फेला पारेपछि सुटुक्क आफ्नो घरमा लगेर लुकाइ राखेका थिए । सहमति अनुसार अर्का जेसिबी चालकलाई भागवण्डा गर्न नमानेको हुँदा उनले धन भेटाएको कुरा बाहिरएको थियो ।
त्यसबारे प्रहरीले सूचना पाएपछि जेसिबी चालकको घरमै गएर लुकाएका कसौडीसहित लुकाएको सिक्का ल्याएर आएको थियो । डोजर चालकले कसौडीमा गाडेर राखेको अवस्थामा पाँच सय ३७ थान सिक्काहरू फेला परेका थिए। तुलसीपुर– १५ का २५ वर्षीय सुवासचन्द्र चौधरीले घरमा लगेर राखेका सिक्का असार ४ गते प्रहरीले फेला पारी ल्याएको थियो।
दुई डोजर चालक बीच भागबन्डा निमल्दा कुरा सर्वाजनिक भएको थियो।
भेटिएका सिक्का मध्ये चार सय ६१ वटामा श्री ३ लेखिएको छ। ७३ वटा भारतीय छन । ती सिक्काहरू भारतमा बेलायती सरकार भएको बेलाका हुन ।
कीर्तिमानी निशाको स्वागत
दाङकी कीर्तिमानी एथ्लेटिक्स खेलाडी १७ वर्षीया निशा चौधरीको स्वागत र सम्मानमा साउन २ गते बिहान तुलसीपुरमा बाजागाजागासहित भब्य ¥यालीको आयोजना गरिएको थियो । उनी अध्ययनरत तुलसीपुरस्थित ग्रेट अरनिको मावीले उक्त कार्यक्रम आयोजना गरेको थियो ।
त्यसक्रममा कीर्तिमानी खेलाडी निशालगायतलाई गाडीमा राखेर तुलसीपुर बजार परिक्रमा गराइएको थियो।
तुलसीपुर उपमहानगरपालिका – १६ भेलाही गाउँकी निशाले असार अन्तिममा भएको १२ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा दुई ब्यक्तिगत र एक टिममा कीर्तिमान बनाएकी थिइन ।
जीवनमै पहिलो पटक देशको संघीय राजधानी काठमाडौं पुगेकी उनले दशरथ रंगशालामा लङजम्पका साथै दौडमा पनि जुनियरतर्फको नयाँ कीर्तिमान राखेकी थिइन । राष्ट्रपति रनिङ शिल्डमा चार स्पर्धामा स्वर्ण जितेकी निशाले ३ स्पर्धामा एक्लै स्वर्ण पदक जितेकी थिइन ।
एक सय मिटर दौड १२।५३ सेकेन्डमा पूरा गरी जुनियरतर्फको नयाँ कीर्तिमान आफ्नो नाममा सार्न उनी सफल भएकी थिइन । निशाले दुई सय मिटर दौडमा पनि स्वर्ण पदक जितेकी थिइन ।
बिमला वलीले बालिका कुटेपछि
लुम्बिनी प्रदेशकी तत्कालिन स्वास्थ्य राज्यमन्त्री बिमला खत्री वली जेठ ३१ गते एक बालिका कुटेको अभियोगमा पक्राउ परेको घटनापनि निकै चर्चित बन्यो ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ आलुमण्डीको पछाडी बस्ने मीना भण्डारी बस्नेतको घरभित्रै गएर मन्त्री वलीले मीना र उनकी छोरीलाई कुटपिट गरेको आरोप लागेपछि उनी पक्राउ परेकी थिइन ।
अर्काको घरभित्र गएर मन्त्री नै कुटपिटमा उत्रिएपछि उनलाई नियन्त्रणमा लिनुपरेको प्रहरीले बताएको थियो ।
सोही कारण उनको पदसमेत गुमेको थियो ।
उपनिर्वाचनका क्रममा उनी दाङको क्षेत्र नम्बर ३ ९ख० बाट प्रदेश सभा सदस्य निर्वाचित भएकी थिइन । ०७४ मा यो क्षेत्रबाट नेकपा एमालेका उत्तरकुमार वली निर्वाचित भएका थिए। उनको निधनपछि उपनिर्वाचन भएको थियो ।
सकारात्मक चर्चा
माघ ६ गतेदेखि दाङको तुलसीपुर–घोराही चारलेन सडकमा केही युवाहरूले मिलेर सडक सुधारको लागि गरेको कामले निकै सकारात्मक चर्चा पायो । तुलसीपुर उपमहानगरपालिकाका इञ्जिनियर पवनकुमार योगी, प्रतिष्ठित व्यवसायी विमल रिजाल, विनिल केसी, निर्माण व्यवसायीहरू द्रोण देवकोटा, कृष्णबहादुर खड्का, शिव बुढाथोकी, संजात धिताल, टोपेन्द्र डाँगी, प्रकाश महतरा, शरदकुमार योगी, टिपरधनी जनक मल्ल लगायतका युवाहरुले आफ्नै लगानीमा सडक मर्मत गरि सर्वसाधारणको यात्रा सहज बनाउन भूमिका खेलेको भन्दै स्याबासीहरु पाएका थिए ।
बेहाल सडक देखेर स्वस्फुर्त रूपमा युवाहरू मिलेर आफ्नै खर्चमा सडक मर्मतमा खटिनु उदाहरणीय काम थियो । उनीहरुले तुलसीपुरको हात्तीखौवा चोकदेखि घोराहीको सिमाना मज्गैंसम्मको करिब १२ किलोमिटर सडकमा बालुवा–गिटी, माटो हालेर खाल्डा पुर्ने काम गरेका थिए ।
सालिक तोडफोड
घोराहीमा एक वर्ष पहिले निर्माण पछि अनावरण गरिएका सालिकहरू तोडफोड भएको बिषयपनि निकै चर्चा पायो । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले २०७८ चैत २४ गते दाङको घोराही उपमहानगरपालिका वडा नं. १४ झिंगौरामा बनाइएका शहीदहरूको सालिक सिलान्यास गरेका थिए।
जनयुद्धका क्रममा शहादत प्राप्त स्थानीय ओमभक्त चौधरी , लौटन चौधरी र पृथ्वी चौधरीको शालिक झिंगौराको मनकामना सामुदायिक वनमा स्थापना गरिएका थिए। उनीहरुका तीन वटै सालिक घाँटीदेखिमाथिको भाग छिनालिएका थिए । दुई वटा सालिकका टाउको अलग पारिएको अवस्थामा र एउटा सालिकको टाउको अन्यत्र फालिएको अवस्थामा थियो।
प्रहरीले घटना माघ २१ गते साँझ सात बजेतिरको भएको हुनुपर्ने अनुमान गरेको छ। घटनामा संलग्नताको खोजी र अनुसन्धान भइरहेको प्रहरी बताउँछ ।
त्यस्तै दाङको शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत र प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्कामाथि स्वतन्त्रबाट निर्वाचित शान्तिनगर वडा नम्बर २ का अध्यक्ष सुनिल ओलीले आक्रमणको प्रयास गरेको कुरालाई पनि मिडियाहरुले उत्तिकै स्थान दिएका थिए । घटना फागुन १९ गते दिउँसोको थियो ।
जसको पक्ष र बिपक्षमा समर्थन र बिरोधहरु भएका थिए ।वडाध्यक्ष ओलीले गाउँपालिका अध्यक्षको कार्यकक्षमा छिरेर त्यहाँ रहेको टि–टेबल उठाएर आक्रमणको प्रयास गरेको खबर सार्वजनिक भएपछि काँग्रेसका नेताहरुले बिज्ञप्ति प्रकासित गरि बिरोध जनाएका थिए । प्रहरी प्रशासन समक्ष मुद्दा पुगेको थियो । शान्तिनगर–२ स्थित बौला खोलाको विष्णुपुर घाटमा बालुवा तथा ढुंगागिटी उत्खनन गर्ने सवाल उक्त लफडाको मुख्य कारण मानिएको थियो ।
जस्ले बुहारिको बिहे गरिदिए
दाङको तुलसीपुरका शिव र विना श्रेष्ठले छोराको मृत्यु पछि बुहारीको धुमधाम पूर्वक गरि दिएको बिहेले पनि निकै सकारात्मक चर्चा पायो । फागुन अन्तिम साता बुहारी ३० वर्षीया आरती श्रेष्ठको उनीहरुले बिहे गरिदिएका थिए ।
छोराको मृत्युपछि शिव–विनाको सहारा बनिकी बुहारी आरतीलाई पतिको मृत्युपछि पनि घर नछाडेर सासूससुरासँगै बसेकी थिइन । सासूससुराले पनि उनलाई छोरीजस्तै माने, पढाए। गरिखाने बाटो देखाए।
विधवा बुहारीलाई हेलाहोचो गर्ने समाजमा शिव–विनाले देखाएको फरक ब्यबहार धेरैले रुचाए । आरतीको बिहे सासुससुराले नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–५ का स्थायी बासिन्दा चन्दनध्वज केसी संग गरि दिएका हुन ।
७५ बृद्धलाई तरुणीले ठगेपछि
दाङको लमही नगरपालिका– ९ अमिलियाका ७५ वर्षीय जानकीलाल बस्नेतलाई तुलसीपुरकी एक युवतिले मायाको नाटक गरेर जग्गा आफ्नो नाममा गरेको कुराले पनि उत्तिकै चर्चा पायो । बस्नेतकी श्रीमती १० वर्षअघि नै बितेको हुँदा उनी घरमा एक्लै थिए । एक्ला छोरा रोजगारीको शिलशिलामा भारतमा थिए । छोरीको पनि विवाह भइसको थियो ।
एक्लै भएकाले घरायसी काममा सघाउन उनले एक जना सहयोगी पनि खोजिरहेका थिए। गत जेठमा यसबारे उनले चिनजानका मानिसलाई पनि खबर गरेका थिए। त्यसैबीच तुलसीपुर बसपार्ककी एक जना महिलाले बस्नेतको नम्बर दिइन । तुलसीपुर उपमहानगरपालिका – ६ बरूवागाउँकी ३५ वर्षीया ती महिलाले प्रेमको नाटक गरि उनको जग्गा जमिन आफ्नो बनाएकी थिइन ।
तेल चोरीको घटना
ना ४ च ५७८७ नम्बरको कारमा आएका २ जनाले तुलसीपुर बसपार्कमा पार्किङ गरि राखेको बसबाट मध्य राति डिजेल चोरी गरेको बिषय पनि चर्चा कमायो । यो घटना चैत २२ गते बिहान २ बजेतिरको थियो । ना ४ ख ६४९५ नम्बरको बसबाट तेली चोरी गर्दै गर्दै प्रहरीले तुलसीपुर ९ बेलुवाका १८ वर्षीय नवीन केसी र सोही ठाउँका विशाल रावतलाई नियन्त्रणमा लिएको थियो ।
उनीहरुमाथिको अनुसन्धान अझैं जारी रहेको प्रहरीले बताएको छ ।
डिजेल चोर्न प्रयोग गरिएको कार तुलसीपुर ८ का दिलीप विकको रहेको प्रहरीले बताएको छ । यी बाहेक तुलसीपुरमा मेला लगाउने बिषयको बिरोध गर्दै तुलसीपुर उद्योग बाणिज्य संघको नेतृत्वमा तुलसीपुर उपमहानगरको गेटमा मेयर हराएको सूचना टाँसिएको बिषय, उपमहानगरपालिकामा ताला लगाएको विषय, उपमहानगरको बिद्युत लाइन काटिएको बिषयपनि उत्तिकै चर्चामा रहे ।
टरिगाउँ एयपोर्ट विकास र बिस्तार नभएका कुरा, तुलसीपुर–घोराही सडक खण्ड नबनेको कुरा बर्ष भरि नै संधै चर्चामा रहँदै आएका अन्य सवालहरु हुन ।