२०८३ बैशाख २ गते बुधवार

प्रदेश स्तरिय कृषि तथा पर्यटन महोत्सवको आय–व्यय सार्वजनिक

तुलसीपुर, चैत ३० । पुस्तकालय स्थापनाको लागि सहयोगार्थ तुलसीपुरमा गत पुसमा संचालित प्रथम लुम्बिनी प्रदेश स्तरिय कृषि तथा पर्यटन महोत्सवको आय-व्यय सार्वजनिक गरेको छ ।

महोत्सवको करिब तीन महिनापछि आयोजक युथ्स अफ तुलसीपुरले महोत्सवको आय-व्यय बिहिबार सार्वजनिक गरेको हो ।

महोत्सवबाट १ लाख ५६ हजार ४ सय ५४ रुपैँया वचत सफल भएको आयोजक युथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरले जानकारी दिए ।

महोत्सव संचालनमा बाधा अवरोध हुँदा अपेक्षित रकम बचाउन नसकिएको उनले बताए ।

महोत्सवबाट संकलन गरिएको रकम तुलसीपुर-६ श्रीकृष्ण टोलमा स्थापना गर्न लागिएको पुस्ताकलयका लागि प्रयोग गरिने उनले बताए ।

यसैबिच पुस्तकालय स्थापनार्थ भवनको शुक्रबार शिलान्यस गरिने भएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले भवनको शिलान्यास गर्ने अध्यक्ष लहरेले बताए ।

भवन निर्माणका लागि ४० लाख बढी लागत लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०७९ चैत्र ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *