तुलसीपुर, चैत ३० । युथ अफ तुलसीपुरले नव वर्ष २०८० सालको अवसरमा शुभकामना आदानप्रदान तथा विशेष साधारणसभा गरेको छ ।
युथ्स अफ तुलसीपुरका अध्यक्ष ऋषिराज लहरे ९अरूण० को अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य लोका बिकको प्रमुख आतिथ्यतामा साधारण सभाको उद्घाटन गरिएको हो ।
त्यस अवसरमा प्रदेश सांसद विकले प्रदेश सरकारले आगामी दिनमा युवा लक्षित कार्यक्रमलाई जोड दिने बताइन ।
युवाहरु विदेश पलायन हुने अवस्था भयावह बन्दै गरेको अवस्थामा देशमै अवसर सृजना गर्ने उनले बताइन ।
कार्यक्रममा दंगीशरण गाउपालिकाका अध्यक्ष शम्भु गिरीले गाउँपालिकाले भौतिक विकासमात्र नभई मानविय विकासमा जोड दिएको बताए ।
बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री परिवार संस्कारी हुन सकेपछि देश समृद्ध बन्ने बताए ।
त्यस्तै महिला मानवअधिकारकर्मी शुष्मा गिरी लामिछानेले युवा पलायन हुन लागिरहेको समयमा सोच्नुपर्ने बेला आएको बताइन ।
राप्ती बबई क्याम्पसका प्राध्यापक सुर्यप्रसाद शर्माले युवालाई स्वदेशमै बस्ने वातावरण निर्माणका लागि उद्योग स्थापना गर्नुुपर्ने बताए ।
नयाँ पाईला पुनःस्थापना केन्द्र बिजौरीका कार्यकारी प्रमुख सुरेश हमालले युवाहरू लागुपदार्थको धरापमा भएको बताउदै दुर्व्यसनीमा फसेका १ हजार ३ सय बढी युवालाई समाजमा पुनःस्थापना गरिसकेको बताए ।
त्यस्तै साहित्यकार गणेशमान सिंह पुस्तकालय स्थापनाका लागि युथ्स अफ तुलसीपुरले खेलेको भूमिका प्रशंसनिय रहेको बताए ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष धुर्व आचार्य, भलिबल लेवल वानका कोच दोणर् वली, नेत्र ज्योति संघका सचिव सुरेन्द्र खड्का लगायतले सभ्य समाज निर्माणमा युवाको भूमिका महत्वपूर्ण रहेको बताए ।
त्यस अवसरमा एथलेटिक्स खेलाडी निशा चौधरी, युवा व्यवसायी दिपक काफ्ले ,भुपेन्द्र डाँगी, साहित्यकार गणेशमान सिंह लगायतलाई सम्मान गरिएको हो ।
युथ्स अफ तुलसीपुरका सल्लाहकार डम्बर डाँगीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सचिव आकास भण्डारीले गरेका थिए ।