२०८३ बैशाख २ गते बुधवार

तुलसीपुरको नवनिर्मित प्रशासनिक भवनको उद्धघाटन

उपमहानगरपालिकाले मनायो ३१ औं स्थापना दिवस

तुलसीपुर, चैत ३० । तुलसीपुर उपमहानगरपालिकाको ३१ औं स्थापना दिवसका अवसरमा नवनिर्मित प्रशासनिक भवनको उद्धघाटन गरिएको छ ।


निवर्तमान नगरप्रमुख घनश्याम पाण्डेले शिलन्यास गरेको नवनिर्मित प्रशासनिक भवनको उद्धघाटन वर्तमान नगरप्रमुख टिकाराम खड्काले गरेका हुन । ५ करोड ३४ लाख लागतमा उक्त भवनको निमार्ण कार्य सम्पन्न भएको उपमहानगरपालिकाले जनाएको छ ।


त्यस कार्यक्रममा बोल्ने बक्ताहरुले नयाँ प्रशासनिक भवनबाट जनतालाई छिटो छरितो र न्यायपूर्ण तरिकाले सेवा दिनुपर्ने बताएका थिए ।

तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतको अध्यक्षतामा भएका कार्यक्रममा बोल्दै नगर प्रमुख खड्काले नयाँ प्रशासनिक भवन निर्माणसंगै नगरको सम्पति जोडिएको बताए । उनले पछिल्लो समयमा देखिएको अर्थतन्त्र समस्या आफुहरुलाई पनि रहेको बताए । तुलसीपुर उपमहानगरपालिकालाई लागेको आर्थिकभार कम हुदै गएको र केही समयमै सवै व्यवस्थापन हुने विस्वास गरे ।


कार्यक्रममा निवर्तमान नगरप्रमुख घनस्याम पान्डेले सवैको सामुहिक प्रयासबाट प्रशासनिक भवन निमार्ण सम्पन्न गरिएको बताउँदैं नयाँ पुस्तालाई नयाँ संरचना हस्तान्तरण गर्न पाउँदा निकै खुसी महसुस भएको बताए । उनले एकता सहकार्य र अरुले गरेका कामलाई समर्थन गर्न नसक्दा दाङको विकास हुन नसकेको तर्क पनि गरे । उनले काम गर्ने क्रममा भएका केहि कमि कम्जोरीलाई सच्याउदैं लैजाने बताए ।


त्यस अवसरमा नेपाली काँग्रेसका नेता मुक्तीप्रसाद न्यौपानेले जनतालाई दिने सेवा सुविधाहरु नयाँ प्रशासनिक भवनबाट छिटो छरितो हुनुपर्नेमा जोड दिए । पछिल्लो समय भएका विकास निर्माण दिगो र टिकाउ नभएको बताउँदैं उनले त्यसलाई सच्यार अगाडी बढनुपर्ने बताए । उनले शैक्षिक सरुवा–बढुवा देखि विभिन्न कुराहरुमा राजनिति आस्थामा काम भएको भन्दै सबै जनताको समान अवसर र पहुँच हुनुपर्ने तर्क गरे ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतले नवनिर्मित भवनले जनतालाई न्याय दिनुपर्ने शुभकामना दिदै तुलसीपुरमा नमुना योग्य काम भएको बताए । उनले कोभिड अस्पताल देखि कलेज देखि विभिन्न कामहरु भएको भन्दै प्रशंसा गरे ।

कार्यक्रममा नेकपा माओवादीका सेशुराम भण्डारीले समृद्ध र स्मार्ट सिटि नारामा मात्र सिमित रहेको बताए । उनले समाजवादका कुरा गर्नेहरुले भएका स्कुलहरु बन्द गरेर निजिकरण गरेको आरोप लगाए ।


कार्यक्रममा पुर्व मेयर ढुण्डिराज लामिछाने, बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर केसी, दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी, महिला नेतृ सुष्मा गिरी,तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष ललित शाह, तुलसीपुर चेम्मरफ कमर्शका अध्यक्ष टोपबहादुर घर्ती , जसपाका नेता टोपबहादुर महतरा, राष्ट्रिय स्वतन्त्र पार्टीका भक्त डाँगी, राप्रपाका मधुकर न्यौपाने लगाएतले तु्लसीपुरमा व्यावसायीक समस्या देखि विभिन्न कुराहरु रहेको भन्दै यसलाई समयमै हल गर्नुपर्ने बताए ।

स्थापना दिवसको अवसरमा संस्थापक नगर प्रमुख शंकर प्रसाद आचार्य, पूर्व मेयर ढुण्डिराज लामिछाने, घनस्याम पाण्डे, प्रशासन प्रमुख, हरिप्रसाद पाण्डे, आन्दसारू मगर, उत्कृत करदाता चिनारी अस्पतालका प्रो. राजेन्द्र श्रेष्ठ, उत्कृष्ट निर्माण व्यवसायी गेहेन्द्रकुमार गिरी, सुदर्शन श्रेष्ठ ,स्वास्थ्य महाशाखा लगायत कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।


उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर केसी स्वागत मन्तव्य सुरु भएको कार्यक्रमको सहजीकरण पर्यटन शाखा प्रमुख झरेन्द्र खरेलले गरेका थिए ।

प्रकाशित मिति : २०७९ चैत्र ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *