काठमाडौँ,चैत ३० । नेपाल प्रेस युनियनले जिल्ला अधिवेशनको मिति तोकेको छ । बुधबार बसेको युनियन सचिवालयको बैठकले जिल्ला अधिवेशनको मिति तोकेको हो ।
सचिवालयका अनुसार आगामी वैशाख १६ देखि ३१ गतेसम्म देशका ७७ वटै जिल्ला शाखाको अधिवेशन गर्ने निर्णय गरिएको छ ।
हाल जिल्लाबाट सदस्य नवीकरणको काम अन्तिम चरणमा पुगेको छ । धेसैजसो जिल्लाबाट सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण गरी केन्द्रमा पठाइसकिएको छ । केही जिल्ला बाँकी छन् ।
युनियनले हालै सातवटै प्रदेशको अधिवेशन पनि सम्पन्न गरेको थियो । उपत्यका तथा एसोसिएट्स प्रदेशको भने प्रदेश अधिवेशन हुन बाँकी छ ।
प्रकाशित मिति : २०७९ चैत्र ३० गते बिहिवार