२०८२ चैत्र ३० गते सोमवार

तुलसीपुर यातायातको सल्लाहकारमा पुरी

तुलसीपुर, चैत २९ । तुलसीपुर यातायात प्रालिको बैंठक तथा नयाँ भितेपात्रोको विमोचन कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको छ ।

यातायात प्रालिका अध्यक्ष पवनराज बुढाथोकीको अध्यक्षतमा बसेको बैठकले समितिको सल्लाहकारमा पूर्व अध्यक्ष शिव पुरीलाई चयन गरेको छ ।

त्यस्तै विभिन्न स्थानको रुट इन्चार्जको जिम्मेवारी पनि बाडफाँड गरेको छ ।

जस अन्तर्गत काठमाण्डौ– तुलसीपुरको इन्चार्जमा भुपबहादुर केसी, तुलसीपुर –नेपालगञ्जको बसन्त भुसाल, तुलसीपुर सल्यान रुकुम रुट इन्चार्जमा धनविर डाँगी र तुलसीपुर– सुर्खेत सम्मको रुटइन्चार्जको जिम्मेवारी प्रेमबहादुर खड्का लाई दिएको कार्यालय प्रमुख बलबहादुर खत्रीले जानकारी दिएका छन् ।

त्यस्तै तुलसीपुर यातायात प्रा।लिले प्रकाशन गरेको नयाँ बर्ष २०८० सालको भितेपात्रो विमोचन पनि गरिएको छ ।

विमोचन कार्यक्रममा समितिका उपाध्यक्ष धनसिंह केसी, प्रशासनिक सचिव निमकुमार श्रेष्ठ, कल्याणकारी सचिव भद्रबहादुर खड्का, कोषाध्यक्ष छविलाल डाँगी , सदस्य राजु पाण्डेलगायतले नयाँ बर्षको शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०७९ चैत्र २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *