तुलसीपुर,चैत २९ । नीति, बजेट र योजना निर्माण सम्बन्धि तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका र वडा सदस्यहरुका लागि नेतृत्व बिकास तालीम तुलसीपुरमा सम्पन्न भएको छ ।
सोमबारदेखि ३ दिन सम्म सन्चालन भएको तालिममा समाबेशि बजेट लैङ्गकि मैत्री बजेट, सहभागितामुलक समाबेशी योजना तथा संबैधानिक र नीतिगत ब्यबस्थाको कार्यान्वयनमा महिला जनप्रतिनिधिहरुको सहभागीता बिषय समेटिएको तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ का सदस्य देवी पोख्रेलले जानकारी दिए ।
साझेदारी बिकास मन्चको आयोजना तथा संघीय महिला , बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा तालिमको आयोजना गरिएको थियो ।
मन्चका अध्यक्ष खेमराज बिश्वकर्माको अध्यक्षता एवम तुलसीपुर उपमहानगरपालिकाका सामाजिक बिकास समितिका संयोजक धर्म वलीकोे प्रमुख आतिथ्यमा तालिमको समापन गरिएको हो ।
त्यस अवसरमा वडा नम्बर १९ का सदस्य रेवती बिक र वडा नम्वर ७ का वडा सदस्य डिला बिक , पत्रकार ओपेन्द्र बस्नेतले मन्तब्य ब्यक्त गरेकी थिइन ।
तालिममा कार्यपालिका र वडा सदस्य गरि २५ जनाको सहभागिता रहेको छ ।
तालिमको प्रशिक्षकमा सुशील बस्नेत, निर्मल नेपाली र खेमराज बिश्वकर्मा रहेका थिए । उद्घाटन कार्यक्रमको सहजीकरण नारायण लामिछानेले गरेका थिए ।