२०८३ बैशाख २ गते बुधवार

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले माग्यो ३१ कर्मचारी

तुलसीपुर,चैत २९ । तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले ३१ कर्मचारी मागेको छ ।

अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. ओम अर्यालका अनुसार स्टाफ नर्स फार्मेसी सहायक, अहेश र कार्यलय सहयोगी गरि ३१ कर्मचारी माग गरेको हो ।

करार कर्मचारीका रुपमा स्टाफ नर्स १८ जना, फार्मेसी सहायक १ जना, अहेब २ जना र कार्यलय सहयोगी १० जना माग गरिएको डा.अर्यालले बताए ।

उनका अनुसार बैशाख २ गतेसम्म फाराम भर्न सकिने छ । लिखित र मौखिक तथा अन्तरवार्ताका माध्यमबाट कर्मचारी छनोट गरिनेछ ।

परीक्षा बैशाख ५ गते हुनेछ । कर्मचारी अभाबमा सेवा प्रवाहमा समस्या भएपछि कर्मचारी माग गरिएको डा. अर्यालले बताए ।

अहिले ५० सैयाको दरबन्दीमा २०० सैया चलाउनु पर्ने अबस्था रहेको समेत उनले बताए ।

प्रकाशित मिति : २०७९ चैत्र २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *