२०८३ बैशाख ४ गते शुक्रवार

तुलसीपुरले प्रयोगमा ल्यायो वाकीटकी

तुलसीपुर,चैत २८ । तुलसीपुरमा सञ्चार उपकरण (वाकीटकी) सञ्चालन सिप तथा प्रयोजन सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम भएको छ ।

तुलसीपुर उपमहानगरपालिकाको आपतकालिन कार्य सञ्चालन केन्द्रलाई व्यवस्थित र सुदृढीकरण गर्नका लागि तयार नेपाल परियोजना (युएसए आइडी) ले केही महिना अघि नै २३ वटा सञ्चार उपकरण (वाकीटकी) हस्तान्तरण गरेको थियो ।

सञ्चार उपकरण (वाकीटकी) सञ्चालनका लागि मंगलवार सिप तथा प्रयोजन सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

कार्यक्रममा तयार नेपालका फिल्ड कोडिनेटर श्रमलाल चौधरीका अनुसार आपतकालिन कार्य सञ्चालनका लागि ति सामाग्रीहरु प्रदान गरिएको हो । तयार नेपालले ९ लाख ३१ हजार ५ सय बराबरको सञ्चार उपकरणहरु उपलब्ध गराएको चौधरीले बताए ।

उनका अनुसार (वाकीटकी) प्रति सेटलाई ४० हजार ५ सय रुपैयामा खरिद गरिएको हो । तयार नेपालले यससगंै ५ लाख ९६ हजार बराबरको रिपिटर पनि उपलब्ध गराइएको छ ।

तुलसीपुर उपमहानगरपालिका वन बातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक दुजमान भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख टिकाराम खड्काले सञ्चार उपकरणले उपमहानगरपालिकाको कार्य सम्पादनमा थप मद्धत पु¥याउने विस्वास व्यक्त गरे ।

उनले सम्बन्धित वडामा सञ्चार सेटबाट पाँच किलोमिटर दूरीसम्म सूचना प्रदान गर्न सकिने बताए ।

२३ वटा सञ्चार सेट (वाकीटकी) तुलसीपुरका १९ वटै वडामा वितरण गरिने छ भने आपतकालिन कार्य सञ्चालन केन्द्र सहित मेयरको सचिवालय,दमकल शाखामा १÷१ वटा सेट राखिने छ ।

विपद्को समयमा हुने आगलागी,हावाहुरी,चट्याङ,भुकम्प,बाढी पहिरो,दुर्घटना लगाएतका जुनसुकै आपतकालिन घटनाहरु हुदाँ वाकीटकीको प्रयोग मार्फत सहजै रुपमा ३/४ सेकेन्डमै सुचना थाहा पाउन सकिने इलाका प्रह्री कार्यालय तुलसीपुरका प्रहरी सहायक निरिक्षक खिम विष्टले जानकारी दिए ।

(वाकीटकी)मा रिपिटर जडान भएपछि तुलसीपुर देखि दाङ उपत्यका भरका सुचना थाहा पाउन सकिने र यसको प्रयोग गर्दा सभ्य भाषा प्रयोग गर्नुपर्ने प्रहरी सहायक निरिक्षक रमेश विष्टले बताए ।

विपद् व्यवस्थापन शाखा प्रमुख टोपबहादुर डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सुचना अधिकारी बाबुराम न्यौपानेले गरेका थिए ।

जिल्लाका दश पालिकामध्ये पहिलो पटक तुलसीपुरले मात्रै वाकीटकी प्रयोगमा ल्याउन थालेको हो।  

प्रकाशित मिति : २०७९ चैत्र २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *