२०८३ बैशाख १८ गते शुक्रवार

आत्मनिर्भर जनशक्ति आजको आवश्यकता ः वडाध्यक्ष चौधरी

तुलसीपुर, चैत २८ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष खुसीराम चौधरीले आत्मनिर्भर जनशक्ति उत्पादन आजको आवश्यकता भएको बताएका छन् ।

सीप सिकेर केही काम गर्छु भन्ने सोचले हरेक मान्छेलाई आत्मनिर्भर बनाउने आँफुहरुको उदेश्य रहेको बताए ।

वडा कार्यालयको सहयोगमा तुलसीपुर मेट्रो कलेजले आयोजना गरेको महिलाहरुका लागि कटाई सिलाई तालिमको उद्घाटन गर्दै वडाध्यक्ष चौधरीले वडाले दक्ष र सीप युक्त जनशक्ति उत्पादनलाई प्राथमिकतामा राखेको जानकारी दिए ।

कार्यक्रममा बोल्दै तुलसीपुर मेट्रो कलेजका प्रमुख वसन्त आचार्यले प्रशिक्षार्थीलाई सीप पछि व्यवसाय सञ्चालनमा सहयोग गरिने जानकारी दिएका थिए ।

‘तपाइहरुलाई सीप सिकाएर दक्ष बनाउने मात्रै होईन व्यवसाय सञ्चालनमा सहयोग गर्ने पनि हाम्रो योजना रहेको छ ’ कलेज प्रमुख आचार्यले भनेका थिए । तालिमको प्रशिक्षकमा मिना वली रहेकी छिन ।

प्रकाशित मिति : २०७९ चैत्र २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *