२०८३ बैशाख ४ गते शुक्रवार

तुलसीपुरमा शिक्षक मिलानको नाममा मनोमानी

विद्यालय व्यवस्थापन समितिहरु बिरोधमा

तुलसीपुर,चैत २७ । तुलसीपुर उपमहानगरपालिकाले मनोमानी ढंगले शिक्षकहरुको सरुवा गरेको भन्दै नगर स्तरिय विद्यालय व्यवस्थापन समन्वय समितिले बिरोध जनाएको छ ।

उपमहानगरपालिकाले शिक्षा ऐन,संघीय ऐन कार्यविधि विपरित रहेर शिक्षक सरुवा÷बढुवाको दरबन्दी मिलानका नाममा शिक्षक व्यवस्थापन गर्ने नाममा ज्याजती गरेको वडाध्यक्षले सोमबार तुलसीपुरमा पत्रकार सम्मेलन गरि बिरोध जनाएका हुन ।

नगर स्तरिय विद्यालय व्यवस्थापन समन्वय समितिले सम्मेलन गरि उपमहानगरपालिकाले शिक्षकहरु माथि आश्थाका आधारमा ज्याजती गरेको आरोप लगाएका थिए ।

‘तुलसीपुरमा आस्थाका आधारमा शिक्षक मिलानको नाममा पार्टी गत राजनीति लाद्न खोजे त्यो कुनैपनि हालतमा स्वीकायर्न हुने छैन,’ पत्रकार सम्मेलनमा ‘नगर स्तरिय विद्यालय व्यवस्थापन समन्वय समितिका संयोजक हिमबहादुर डाँगीले भने,‘ उपमहानगरपालिकाले एमाले निकट शिक्षक शिक्षिकाहरुलाई मनोमानी ढंगले पाएक पर्ने ठाउँमा दरबन्दी मिलान गर्दा अन्य शिक्षकहरुलाई खाइपाई आएको पेसाबाट विस्थापित गराउने षडेन्त्र नरोके सैह्य हुने छैनं।’

उपमहानगरपालिकाले सम्बन्धित विद्यालयका व्यवस्थापन समितिसगं कुनै सरसल्लाह नै नगरी एकल निर्णय लादेको उनले आरोप लगाए ।

‘यो मेरो व्यक्तिगत कुरा होइन,’ उनले भने ‘यो बिद्यार्थीको वातावरण खलल पार्ने र विद्यार्थी भाइ बहिनीहरुकों भविष्यसगं खेलवाड गर्ने षडेन्त्र हो ।’

त्यसबारे यसअघि दूई पटकसम्म मेयर टीकाराम खड्का संग छलफल गरेको तथा आइतवार मात्रै उपमहानगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाइएको भएपनि मनपर्दी र मनलाग्दी गरेको भन्दै उनले सबै सरोकारवालाहरु यसको बिरोधमा उत्रनु पर्ने बताए ।

नगरप्रमुख खड्काले छलफलका लागि समय माग गर्दा वेवास्ता गर्दै आएको भन्दै बिरोध जनाएका थिए ।

संयोजक डाँगीले छलफलमा नभएसम्म सरुवा भएका शिक्षकहरुलाई हाजिरी गर्न नदिने चेतावनी दिएका थिए ।

पत्रकार सम्मेलनमा माबी कालाखोलामा अध्यापन गराउदैं आएकी शिक्षिका लक्ष्मी न्यौपानेले उपमहानगरपालिकाले प्रधानाध्यापक व्यवस्थापनका लागि निवेदन माग गरेको भएपनि अहिले आएर त्यस विपरित निर्णय गरेको भन्दै आक्रोश ब्यक्त गरिन ।

तर, उनले उपमहानगरपालिकाले सरुवा गरेको भन्ने जानकारी पाएपनि आधिकारिक पत्र आइनसकेको बताएकी थिइन ।

समावेशीको नाममा उपमहानगरपालिकाले गरेको यो निर्णय नेकपा एमाले निकटका व्यक्तिहरुको हितमा मात्रै लागु भएको भन्दै अर्का एक शिक्षकले बिरोध जनाएका थिए ।

यो बारे बुझ्न खोज्दा तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखा संयोजक चक्र बहादुर भण्डारीको फोन सम्पर्क हुन सकेन ।

तुलसीपुर भित्र ८३ वटा सामुदायिक विद्यालय हरेका छन । जसमध्य उच्च माबि १३ , माबि ११, निमावी १३, प्रावि २८ र बालकक्षा १८ वटा रहेका छन् ।

ती मध्य तुलसीपुर नगरले हाल १७ वटा विद्यालयका केही शिक्षक÷शिक्षिकाहरुको ब्यबस्थापनका नाममा मनपरी गरेको उनीहरुले आरोप लगाएका थिए ।

प्रकाशित मिति : २०७९ चैत्र २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *