२०८३ बैशाख २ गते बुधवार

दुई दिनदेखि टेलिफोन सेवा ठप्प

अर्घाखाँची,चैत २६ । अर्घाखाँचीको शीतगङ्गामा दुई दिनदेखि टेलिफोन सेवा ठप्प भएको छ ।

शनिवार हिजो बेलुका ८ बजेदेखि अर्घाखाँचीको शीतगङ्गा–४ ठाडामा जडान गरिएको नेपाल टेलिकमको टावरमा समस्या आएपछि टेलिफोन सेवा बन्द भएको हो ।

साविकको ठाडा, जुकेना, जलुके, सिद्धारा, सिमलपानी, सीतापुर, सुवर्णखाल गाविसका नागरिक टेलिफोन सेवाबाट वञ्चित भएका छन् ।

टेलिफोन टावरमा समस्या आएपछि नेपाल दुरसञ्चार कार्यालय सन्धिखर्क, बुटवल र काठमाण्डौमा पटक पटक ताकेता गरिएको तर समस्या भने समाधान नभएको स्थानीयको गुनासो छ ।

टावरमा जडान गरिएका उपकरण जीर्ण भएका र चट्याङका कारण काम गर्न छाडेको नेपाल दुरसञ्चार कार्यालय सन्धिखर्कले जनाएको छ । काठमाण्डौबाट नयाँ उपकरण मगाइएको टेलिकमले जनाएको छ ।

नयाँ उपकरण आएपछि टावरमा जोडिने नेपाल दुरसञ्चार कार्यालय सन्धिखर्कका प्रमुख इञ्जिनियर गोविन्द पराजुलीले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ चैत्र २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *