काठमाडौँं, चैत २६ । राष्ट्रपति रामचन्द्र पौडेलले सञ्चार सचिवमा पत्रकार किरण पोखरेललाई नियुक्त गरेका छन ।
राष्ट्रपतिले पोखरललाई सञ्चार सचिवमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।
लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहँदै आएका पोखरेल यसअघि सूचना आयोगका पूर्व आयुक्त समेत भइसकेका छन ।
उनी नेपाल प्रेस युनियनको पूर्व अध्यक्ष पनि हुन । यसअघि, राष्ट्रपति पौडेलले प्रेस संयोजकमा खिला कार्कीलाई नियुक्त गरेका थिए ।
यसैगरी, राष्ट्रपति पौडेलले राजनीतिक विज्ञमा सुनीलबहादुर थापा, कानुनी विज्ञमा बाबुराम कुँवर, परराष्ट्र विज्ञमा डा. सुरेशचन्द्र चालिसे, आर्थिक विज्ञमा डा. चिरञ्जीवी पौडेल र निजी सचिवमा चिरञ्जीवी अधिकारीलाई नियुक्त गरेका थिए ।
प्रकाशित मिति : २०७९ चैत्र २६ गते आइतवार