दाङ, चैत २६ । सुन खोस्नका लागि दुई किशोरी साथी मिलेर रुकुम पूर्वका दुई नाबालिका दिदी बिहनीको हत्या भएको तथ्य उजागर भएको छ ।
प्रहरीले आइतबार हत्यामा संलग्न दुई किशोरीहरुलाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने तयारी गरेको छ ।
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ३ रन्मामा गत बिहीबार बिहान ७ वर्षीया कालीमाया बुढा र उनकी ८ वर्षीया दिदी रिना बुढा मृत अवस्थामा फेला परेका थिए ।
उनीहरु घर भन्दा करिब २ किलोमिटर जति टाढाको झुपा खोला भीरमा मृत अवस्थामा फेला परेका थिए ।
उनीहरु दुई दिदी बहिनी बुधबार बिहान सिस्नो टिप्न भनेर घरबाट गएका थिए ।
बेलुका अबेरसम्मपनि उनीहरु घर नर्फिएपछि खोजी सुरु भएको थियो । बिहीबार बिहान मात्रै उनीहरुको शब फेला परेको थियो ।
घटना अनुसन्धान गर्दै जाँदा तीन दुई मुनाले लगाएको सुन खोस्न उनीहरुको घाँटी न्याकेर हत्या भएको तथ्य पत्ता लागेको जिल्ला प्रहरी प्रमुख डीएसपी अञ्जना श्रेष्ठले जानकारी दिएकी छन् ।
गाउँकै र चिनजानकै १४ ÷ १५ बर्षका दुई किशोरी साथी मिलेर दुई बिहीनिलाई जंगलमा एक्लै भेटेपछि लगाएको सुन खोस्ने लोभले उनीहरुले नै घाँटी थिचेर हत्या गरि भीरबाट खसाली दिएको तथ्य खुलेको डिएसपी श्रेष्ठले फरककोणलाई बताइन ।
हत्या गर्ने किशोरीहरु स्थानीय नै रहेको तथा उनीहरुले कक्षा ६÷ ७ साथमा पर्ने गरेको प्रहरीले जानकारी दिएको छ ।
दुई बहिनीबाट झन्डै एक तोला सुन लगाएको र त्यही खोस्न उनीहरुको हत्या भएको देखिएको प्रहरीले जानकारी दिएको छ ।