२०८३ बैशाख २ गते बुधवार

बलात्कारको झुटा मुद्दा हाल्ने तीन जना उल्टै जेल पठाइए


दाङ, चैत २६ । रोल्पा जिल्ला अदालतले पनि हालसालै जबरजस्ती करणीका तीन वटा मुद्दा झुटा भएको ठहर गर्दै तीनै जनालाई मुद्दा दायर कर्तालाई कारबाबासको सजाय तोकेको थियो ।


झुटो आरोपमा बलात्कार मुद्दा चलाउनु अपराध भएको भन्दै तीन जना नाबालिकाको तर्फबाट मुद्दा दायर गर्नेहरुलाई अदालतले जनही तीन ÷ तीन महिना जेल सजायको फैसला सुनाएको थियो ।

जिल्ला अदालतको चैत ६ गतेको फैसला अनुसार जबरजस्ती करणीको झुटो जाहेरी दिने माडी गाउँपालिकाकी एक महिलालाई तीन महिना कैद सजाय तोकेको थियो ।
त्यस्तै चैत २ गते करणीसम्बन्धी अर्कौ मुद्दामा लिवाङकी एक अर्की नाबालिकाको तर्फ मुद्दा दायर गर्ने ब्यक्तिलाई पनि उक्त जाहेरी झुटो ठहर गर्दै तीन महिना कैद सजाय तोेकेको छ ।

त्यसअघि फागुन १० गतेपनि करणी सम्बन्धी अर्कौ मुद्दा झुटो ठहर गर्दै जिल्ला अदालतले घर्ती गाउँकी त्यो मुद्दा दायर कर्तालाई पनि तीन महिना जेल सजाएको फैसला सुनाएको थियो ।


रोल्ला अदालतले तीन वटै मुद्दाका प्रतिबादीलाई सफाइ दिएपछि उनीहरु जेलबाट मुक्त भएका थिए । अदालतले उनीहरुलाई निर्दौश साबित गरेको थियो । यसअघि उनीहरुलाई पूर्पक्षका लागि थुनामा राखिदै आइएको जिल्ला अदालतका श्रेस्तेदार प्रेम खड्काले जाकारी दिए ।

कसैविरुद्ध अनाहकमा जाहेरी दरखास्त दिएर अनुसन्धानका लागि सरकारी संयन्त्रलाई झुक्याउने प्रयास गर्न र कसैलाई अनाहकमा दुःख दिनु हुँदैन भन्ने सिद्धान्तका आधारमा झुटा मुद्दा हाल्ने ब्यक्तिलाई जेल पठाउने फैसला भएको उनले बताएका थिए ।

प्रकाशित मिति : २०७९ चैत्र २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *