दाङ, चैत २६ । रुकुम पश्चिम जिल्ला अदालते बलात्कार मुद्दामा बयान फेर्ने एक युवतीलाई उल्टै जेल सजाय तोकेको छ ।
परिवर्तित नामथर रुकुम (५४) रुकुम पश्चिमको सानी भेरीका गाउँपालिकाका एक पुरुष बिरुद्ध जबरजस्ती करणी सम्बन्धि किटानी जाहेरी दिएकी थिइन ।
२०७५ असार २० गते पीडित भनिएकी युवतीले आँफु बलात्कारमा परेको भन्दै ती पुरुष बिरुद्ध किटानी जाहेरी दिएकी थिइन । तर उनले अदालतमा पुगेपछि बयान फेरेकी थिइन । त्यसैले रुकुम पश्चिम जिल्ला अदालतले ती युवतिलाई उल्टै सजाय तोेकेको थियो । सोही फैसलालाई उच्च अदालत सुर्खेतले २०७५ फागुन ६ गते सदर गरि दिएको थियो । त्यसयता उनी उनी फरार रहँदै आएकी थिइन ।
अदालतमा प्रतिवादीलाई जोगाउन बयान बदलेको भन्दै जिल्ला अदालतले उनलाई एक महिना कैद र एक हजार जरिवानाको फैसला सुनाएको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले फरार ती युवतीलाई चार वर्षपछि २०७९ चैत्र २४ गते पक्राउ गरेको प्रहरी निरीक्षक धर्बेन्द्र खड्काले फरककोणलाई जानकारी दिए ।
पक्राउ पछि अदालत पेश गरिएको र अदालतले तोकिएको सजाय भुक्तान गर्नका लागि जेल पठाएको प्रहरी निरीक्षक खड्काले बताए । अदालतको आदेश अनुसार पक्राउ परेकी युवतिलार्य कारागार चलान गरिएको छ ।
सुरुमा आफु माथि बलात्कार भएको भन्दै प्रमाणसहित प्रहरीमा उजुरी दिएकी उनले पछि अदालतमा बयान फेरेकी थिइन ।
सोही कारण ऋब उनले फागुन २४ गतेदेखि २०८० बैशाख २३ गतेसम्म कैद भुक्तान गर्नु पर्ने भएको छ । अदालतको फैसला अनुसार एक हजार रुपैंया जरिवाना रकमसमेत उनीबाट जरिवाना असुल उपर गरिएको छ ।