सल्यान,चैत २५ । सल्यानमा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ ।
जिल्लाको शारदा नगरपालिका १ श्रीनगरमा वर्डलिंकको अफिसमा कार्यरत शारदा नगरपालिका २ डाडाँगाउँ निवासी अन्दाजी ४२ वर्षीय प्रलाद शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
शनिवार दिउँसो छत्रेश्वरी गाउँपालिका १ दमाचौरमा वर्डलिंकको फाइबर लाइन विस्तार गर्न विद्युतको पोलमा सिढि लगाउने क्रममा एक्कासी करेन्ट लागि गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए ।
करेन्ट लागि गम्भीर घाइते शाहको स्थानीय दिघार्यू मेडिकलमा सामान्य उपचार पछि सल्यान जिल्ला अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको उमको भनाई छ ।
प्रकाशित मिति : २०७९ चैत्र २५ गते शनिवार