तुलसीपुर,चैत २५ । नेपाल संस्कृत विश्वविद्यालय उपकुलपति यादव प्रसाद लामिछानेले समाज परिवर्तनको प्रमुख संवाहक साहित्य भएको बताएका छन ।
साहित्यले समाजको चित्रण गर्ने हुँदा साहित्यकार तथा स्रष्टाहरूलाई सम्मान गर्नु पर्ने उनको भनाई छ ।
दाङ साहित्य तथा संस्कृति प्रतिष्ठान तुलसीपुरको २३ औं साधारण सभा तथा स्रष्टा सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामिछानेले साहित्य जीवनको अभिन्न पाटो भएकोले समाजको हरेक गतिविधिहरुलाई साहित्यिक रचनाबाट परिवर्तन गर्न सहज हुने बताए । तर उनले साहित्यलाई राज्यले प्रोत्साहान नगरेको तर्क गरे ।
समय सापेक्ष समाजलाई विविध क्षेत्र बाट अगाडी बढाउन साहित्यको आवश्यकता रहेको बताए ।
राम्रा गतिविधिहरुको वकालत गर्दै गलत प्रवृत्तिहरुको खबरदारी गर्ने साहित्यीक गतिविधिलाई स्थानीय सरकारले समेट्नु पर्ने उनको जोड थियो ।
उनले समग्र सृष्टिलाई साहित्यको माध्यमबाट चिनाउन सक्ने क्षमता साहित्यमा हुने बताए ।
कार्यक्रममा विशिष्ट अतिथि खगराज न्यौपानेले देशमा राणा शासनको विरुद्ध पनि विभिन्न स्रष्टाहरुले साहित्यको बिगुल फुक्ने गरेको बताए ।
दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष्य डिल्लीराज गौतम श्रीधरको अध्यक्षतामा भएको कार्यक्रम मा साहित्यकार काशीनाथ न्यौपाने, मेघलाल केसी, जोशिमा कँडेल, इलाम जिल्लाका साहित्यकार एकल गोगने अर्जुन कुमार न्यौपाने ,नवराज रजौरे, रामहरी रिजाल, भवानी न्यौपाने भावना, सुनसरीका साहित्यकार देवी प्याकुरेल, काठमाडौँ का साहित्यकार डा. काशीनाथ न्यौपाने, हिरामणि दुखी, अर्जुन पौंडेल , इन्द्र केसी लगाएतकाले आफ्नो रचना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा साहित्यकार मेगलाल आत्रेय केसीको ूूसुपुस्पका विज पुस्तकूू विमोचन भएको छ ।
पुस्तकको समीक्षा श्रीधर शर्माले गरेका थिए । कार्यक्रम मा २३ जना स्रष्टाहरूलाई सम्मान गरिएको छ ।
प्रगति प्रतिवेदन डिल्ली रेग्मी तथा आर्थिक प्रतिवेदन श्रीधर शर्माले गरेको कार्यक्रममा स्वागत मन्तव्य साहित्यकार तिलक न्यौपानेले गरेका थिए भने सञ्चालन शेशमनी रिजालले गरेका थिए ।