्तुलसीपुर,चैत २५ । सर्पले डसेर दाङको तुलसीपुरमा एक जना बालकको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ ढकनाका ११ वर्षीय छवि चौधरीको सर्पले डसेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
घरको आँगनमा खेल्दै गरेको बल बारीमा पुगेपछि लिन जाँदा उनको औँलामा डोमनी प्रजातिको सर्पले डसेको थियो ।
सर्पले डसेपछि गम्भीर बिरामी भएका उनको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७९ चैत्र २५ गते शनिवार