२०८२ जेष्ठ ३० गते शुक्रवार

कांग्रेस नेता तेजमान तुम्वाहाम्फेको निधन

काठमाडौँ,चैत २५ । नेपाली कांग्रेसका नेता तेजमान तुम्वाहाम्फेको निधन भएको छ। तुम्वाहाम्फेको‍ शुक्रबार साँझ पौने दश बजे ९७ वर्षको उमेरमा निधन भएको हो।

उनी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्वसदस्य एवं वि.सं. २०१५ को आम निर्वाचनमा निर्वाचन क्षेत्र नं. २६ धनकुटाबाट निर्वाचित भएका थिए।

तुम्वाहाम्फे पार्टीको सातौँ महाधिवेशनपश्चात बिपी कोइरालाको सभापतित्वमा रहेको पार्टीको केन्द्रीय कार्यसमितिमा सदस्य थिए।

स्वर्गीय तुम्वाहाम्फेले नेपाली कांग्रेसको संगठन निर्माण तथा प्रजातन्त्र स्थापना र पुनस्स्थापनाका आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरका थिए।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

स्वर्गीय तुम्वाहाम्फेप्रति उच्च सम्मान प्रकट गर्दै पार्टीले २०७९ चैत्र २५, २६ र २७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाउनुका साथै चैत्र २६ गते आइतबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरू बन्द गरिने जनाएको छ।

यसैगरी, स्वर्गारोहणको १३ औँ दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्लाहरूमा शोकपुस्तिका राख्नुका साथै १३ औँ दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गरिनेछ।

प्रकाशित मिति : २०७९ चैत्र २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *